स्याङ्जा ४ जेठ । फेदीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका घनश्याम सुवेदी र देउकुमारी गुरुङ् विजयी हुनु भएको छ । सुवेदीले नेपाली कांग्रेसका लक्ष्मीप्रसाद बराललाई १ सय ३२ मतले र गुरुङ्ले शिवप्रसाद पराजुलीलाई १ हजार ५९९ मतले पछि पार्नु भएको हो ।
सुवेदीले ३ हजार ८३६ मत पाउँदा प्रतिस्पर्धी बरालले ३ हजार ७०४ मत पाउनु भएको छ । उपाध्यक्षमा गुरुङले ३ हजार ९७८ मत पाउदा प्रतिस्पर्धी माओवादी केन्द्रका शिवप्रसाद पराजुलीको २ हजार ३७९ मत छ ।
गाउँपालिकाका ५ वडामध्ये ४ वडामा १, ३, ४ र ५ नेपाली कांग्रेसको विजयी भएको छ। १ मा अध्यक्ष र ३, ४, ५ मा कांग्रेसको प्यानलै र २ मा एमालेको प्यानल विजयी भएको हो।
गाउँपालिकाको वडा नं १ मा अमृत क्षेत्री, २ मा अविलोश गुरुङ, ३ मा कृष्णबहादुर रानाभाट, ४ मा ख्यामनारायण पौडेल र ५ मा डिलबहादुर गुरुङ निर्वाचित भएका छन्। २०७४ को चुनावपछि घनश्याम सुवेदी अध्यक्षमा र देवी थापा उपाध्यक्ष पदमा निर्वाचित हुनु भएको छ ।
गाउँपालिकाका १२ हजार १६५ मतदातामध्ये ८ हजार १३९ जनाले मतदान गरेका थिए।