स्याङ्जा १० चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार पारदर्शी र जनउत्तरदायी भएर जनताको मन जित्ने गरी अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटारमा नवनिर्मित चापाकोट नगरपालिकाको प्रशासकीय भवनको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने भएकाले यसका काम कारबाहीलाई पारदर्शी बनाइ जनउत्तरदायी सरकारको रूपमा अगाडि बढाउनुपर्ने बताउनुभएको हो ।
तोकिएकै समयमा निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने जनाउदै उहाले सरकारले निर्वाचनको मिति घोषणा गरेर अघि बढिसकेको बताउनुभयो।
चापाकोट पर्यटकीय तथा धार्मिक दृष्टिले महत्व बोकेको पवित्र कालीगण्डकी नदीको तटमा रहेकाले यहाँको विकास निर्माणका गतिविधिलाई अगाडि बढाउन सबैको सहयोग, सहकाय र समन्वयबाट मात्रै सम्भव रहेको उहाका भनाई छ।
कार्यक्रममा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, पूर्व मन्त्री मिनेन्द्र रिजाल, नेपाली कांग्रेस जिल्ला सभापति राजु थापा, चापाकोट नगर प्रमुख शिवकुमार गिरी, उपप्रमुख बिमला श्रेष्ठ, कार्यपालिका सदस्य निशा राना लगायतले चापाकोट गतिबिधिका बारेमा जानकारी गराउनु भएको थियो।