नेपालको संविधान २०७२ लागू भएपछि विसं २०७२ असोज ३ गते राज्य विभाजन गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो । देशलाई सङ्घीय ढाँचामा लगेर पुनर्संरचना गर्ने उदेश्यका साथ स्थापना गरिएको यो प्रदेश नेपालको सबैभन्दा पूर्वी भागमा रहेको प्रदेश हो ।
निर्वाचन क्षेत्र सीमाङ्कन आयोगको रिपोर्ट अनुसार फर्स्ट पास्ट द पोस्ट मतदान प्रणाली तहत यस प्रदेशमा २८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ५६ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ १७ जनवरी २०१८ मा भएको मन्त्रिमण्डलको बैठकमा बिराटनगरलाई प्रदेशको अस्थायी राजधानी घोषित गरिएको छ।
वि।सं। २०६८ को जनगणना अनुसार यस प्रदेशमा लगभग ४५ लाख मानिसहरू १७५।६ प्रतिवर्ग किमी जनसङ्ख्या घनत्वको दरले बसोवास गर्छन ।प्रदेश नं। १ ९प्रस्तावित नाम– कोशी प्रदेश० नेपालको संविधान २०७२ लागू भएपछि विसं २०७२ असोज ३ गते राज्य विभाजन गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो । देशलाई सङ्घीय ढाँचामा लगेर पुनर्संरचना गर्ने उदेश्यका साथ स्थापना गरिएको यो प्रदेश नेपालको सबैभन्दा पूर्वी भागमा रहेको प्रदेश हो । नेपाल सरकारको अङ्ग प्रदेश नं १ को सरकार भित्र राज्यपाल–गाबिन्दा सुब्बा लिम्वू, मुख्यमन्त्रि– सेरधन राई, सभामुख–प्रदिपकुमार भण्डारी रहेका छन । निर्वाचन क्षेत्र सीमाङ्कन आयोगको रिपोर्ट अनुसार फर्स्ट पास्ट द पोस्ट मतदान प्रणाली तहत यस प्रदेशमा २८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ५६ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ। १७ जनवरी २०१८ मा भएको मन्त्रिमण्डलको बैठकमा बिराटनगरलाई प्रदेशको अस्थायी राजधानी घोषित गरिएको छ।
वि।सं। २०६८ को जनगणना अनुसार यस प्रदेशमा लगभग ४५ लाख मानिसहरू १७५.६ प्रतिवर्ग किमी जनसङ्ख्या घनत्वको दरले बसोवास गर्छन । यस प्रदेशको क्षेत्रफल जम्मा २४,९०५ किमी ९१०,००२ वर्ग मी०रहेको छ । श्रोत, विकिपिडिया
सङ्घीय संरचना बमोजिम प्रदेश नं. १ मा १४ वटा जिल्लाहरू रहेको छ ।
१। धनकुटा
२। भोजपुर
३। ताप्लेजुङ
४। पाँचथर
५। इलाम
६। संखुवासभा
७। तेह्रथुम
८। खोटाङ
९। सोलुखुम्बु
१०। ओखलढुंगा
११। उदयपुर
१२। झापा
१३। मोरङ
१४ सुनसरी
इतिहास
किराँतीहरू पूर्वोत्तर हिमालका मूल निवासी हुन । बाबुराम आचार्यले भने अनुसार उनीहरू ७०० ईशा पूर्वमा नेपाल आएर बसोबास गर्न थाले र यस क्षेत्रमा आधिपत्य कायम गरे । उनीहरू धनुर्विद्यामा निपुण थिए र उनीहरू नै आजका किराँती, लिम्बु, याखा, सुनुवार, राई, कुलुङ, थुलुङ र येल्लुङहरूका पूर्वज थिए। किराँत राजा यलम्बरले अहिर वंशको अन्तिम राजा भुवन सिंहलाई युद्धमा हराए पछि काठमाडौंमा उपत्यकामा किराँत अधिराज्यको स्थापना गरे। उनको अधिराज्य पूर्वमा टिष्टा नदी र पश्चिममा त्रिशुली नदी सम्म फैलिएको थियो। पछि किराँत अधिराज्य कयौं ससाना राज्यहरूमा टुक्रा टुक्रा भएर पूर्व नेपालमा राज्य गरे। लिम्बुवान र मोरङ अधिराज्य ति ससाना राज्यहरूमा एक थिए।
१७७१ ई० देखि १७८९ ई० बीच गोर्खाको राजाले ति ससाना किराँती राज्यहरूलाई नेपालमा एकीकरण गरे।
२० सितम्बर १०१५ मा नयाँ संविधान जारी हुनु अगाडि यस क्षेत्रका भूभागहरू पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत आउने गर्थ्यो, जुन नेपाल अधिराज्य को पाँच विकास क्षेत्रहरू मध्य एक थियो। पूर्वाञचलमा जम्मा १६ वटा जिल्लहरू थिए, १४ वटा जिल्लाहरू हालको प्रदेश नं. १ को र दुईवटा जिल्लाहरू सिराहा जिल्ला र सप्तरी जिल्ला हालको प्रदेश नं. २ को। पूर्वाञ्चल विकास क्षेत्र ३ अञ्चलहरूमा विभाजित थिए र ति तीन अञ्चल १६ जिल्लाहरूमा विभाजित थिए। सगरमाथा अञ्चल र कोशी अञ्चलमा ६–६ वटा जिल्लाहरू थिए र मेची अञ्चलमा ४ वटा जिललाहरू थिए। पूर्वाञ्चलको जम्मा क्षेत्रफल २८,४५६ किमी. थियो।
विश्वकै सर्वोच्च शिखर सगरमाथा
हिमाल तथा श्रृखलाहरु
विश्वकै सर्वोच्च शिखर सगरमाथा लगायत कन्चंजंगा,मकालु,चोयु,लोत्से,जन्नु,यलुंगकांग आदि हिमालहरुको अवस्थितिले मित्ररास्त्र चीनसँग प्राकृतिक सीमाको काम गरेकोछ ्र यस प्रदेशमा ईलामको अन्तुडाडा,कन्याम,धनकुटाको भेडेटार,सोलुखुम्बुको नाम्चे बजार,सगरमाथा आधार शिविर तथा सुनसरीको तालतलैया लगायतका पर्यटकीय स्थलहरु रहेका छन् , प्राकृतिक सम्पदा,वन्यजन्तु तथा पशुपंशिको संरक्षण गर्ने हेतुले स्थापना गरिएका सगरमाथा रास्ट्रिय निकुन्ज,मकालु बरुण रास्ट्रिय निकुन्ज,कोशी टप्पु वन्यजन्तु आरक्षण,कन्चंजंगा संरक्षण क्षेत्रलगायत नेपालकै अग्लो ह्यातुङ झरना तथा टोड्के र पकली जस्ता ठुला र लामा झरनाहरु पनि यसै प्रदेशमा रहेको छन्.\ सुन्दर पहाड र हिमवत् खण्ड, उच्च हिम श्रृखलालगायत प्राकृतिक
सांस्कृतिक तथा धार्मिक,तीर्थस्थलहरु
सम्पदाले सुसोभित दक्षिणपूर्वी एसियामा अवस्थित नेपाल धार्मिक तथा सांस्कृतिक दृष्टिलेसमेत सम्वृद्ध छ । असंख्य मठ, मन्दिर, पाटी, पौवा, गुम्बा, मस्जिदले भरिपूर्ण नेपालको सुदुरपूर्वमा रहेको यस प्रदेश नं १ मा विभिन्न प्रसिद्ध धार्मिक तीर्थस्थलहरु जस्तै – ताप्लेजुंगको पाथिभरा देवीको मन्दिर, इलामको माइपोखरी, झापाको अर्जुनधारा र सताक्षी धाम, सुनसरीको बराह क्षेत्र, बुढा सुब्बा, पिण्डेश्वरी, दन्तकाली र रामधुनी, खोटाङको हलेसी महादेवलगायत बराह पोखरी, साल्पा पोखरी, दूधकूण्ड, कालिका देवी, छिन्ताङ देवी, कन्काई आदि प्रख्यात धार्मिक स्थलहरु रहेका छन्। यी स्थलहरुमा स्वदेशी तथा विदेशी तिर्थालुहरुको प्रगाढ आस्था रही आएकोछ।वर्षेनी हजारौं भक्त्तजन तथा तिर्थयात्रीहरुको आगमनले धार्मिक पर्यटनमा टेवा पुगेको पाइन्छ ।
ताप्लेजुंगको पाथिभरा देवीको मन्दिर
अरुण नदी
यस प्रदेशमा पुवा खोला जलविद्युत आयोजना र थामे जलविद्युत आयोजना निर्माण भई सञ्चालनमा रहेका छन् भने अरुण तेस्रो जलविद्युत आयोजना प्रमुख प्रस्तावित जलविद्युत आयोजनाभित्र पर्दछ। जलश्रोतमा सम्पन्न यस प्रदेशमा अरुण, तमोर, दुधकोशी, मेची, कन्काई र त्रिजुगा, लगायतका नदीहरु रहेका छन् । स्रोतःनेपाल दृष्टि