स्याङ्जा ८ पुस । वालिङ नगरपालिकाद्धारा आयोजित प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पूर्णमृत भवानी माध्यमिक विद्यालयले उपाधि जितेको छ ।
वालिङ १० मा सञ्चालित प्रतियोगितामा पूर्णामृतले ६ स्वर्ण ५ रजत र २ काश्य पदक सहित प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उपाधि जितेको हो ।
प्रतियोगितामा लक्ष्मी माविले ६ स्वर्ण, ४ रजत र ३ काश्य पदकसहित द्वितीय स्थान हासिल गरेको छ । बालविद्या आवासीय माविले ५ स्वर्ण ३ रजत र २ काश्य पदकसहित तृतिय स्थान र महेन्द्र माविले ४ स्वर्ण र १ काश्य पदक सहित सान्त्वना भएको छ ।
प्रतियोगितामा माझकोट माविले २ स्वर्ण,१ रजत र ३ काश्य पदक प्राप्त गर्दै पाँचौ स्थानमा छ भने नेपाल आदर्श आवासीय मा।वि। १ स्वर्ण,४ रजत र ३ काश्य पदक सहित अन्तिम ६ मा छ ।
विजेतालाई पुरस्कार बितरणसंगै मन्तब्य ब्यक्त गर्दै नगरप्रमुख कृष्ण खाँणले विद्यार्थीहरुलाई खेलको माध्यमबाट नगर र राष्ट्रको नाम राख्ने गरी खेल्न आग्रह गर्नुभयो । उहाँले खेललाई अधिकारलाई अधिकारको रुपमा स्थापित गर्न नगर सदैव तयार रहेको स्पष्ट पार्दै खेल क्षेत्रलाई माथि उकास्न सम्बन्धित पक्षहरु लगनशीलताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । उपप्रमुख कविता तिवारीले खेल गतिविधिलाई प्रतिस्पर्धी रुपमा तयार गर्न नगरले विद्यालय वा क्लवहरुलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउने जानकारी दिनुभयो ।
पुस ४ गतेदेखि सुरु भएको प्रतियोगितामा छात्र र छात्रा फरक फरक गरी एथ्लेटिक्स,कबड्डी,भलिबल, ज्याभलिन थ्रो,शटपुट थ्रो लगायतका खेलहरुमा प्रतिस्पर्धा भएको थियो ।