स्याङ्जा ३ बैशाख । प्रजातान्त्रिक बिचार समाज स्याङ्जाको चौथो जिल्ला अधिवेशनले युक्तबहादुर वोगटीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रामचन्द्र अर्याल, सचिवमा सीता गौडेल, कोषाध्यक्षमा कमलराज लम्साल, सहसचिवमा ऋषि भण्डारी निर्वाचित हुनु भएको छ ।
यसैगरी, सदस्यहरुमा हेमप्रसाद गैहे, अनुप श्रेष्ठ, हेमकान्त गौतम, बिष्णु गैह्रे, भवानी अधिकारी, कुशल काफले, शान्ता थापा र चण्डीका भट्टराई निर्वाचित हुनु भएको छ । यस्तै, मुक्तिप्रसाद सुवेदी, जीवलाल काफले र मुक्तिप्रसाद रेग्मीलाई सल्लाहकार समितिमा चयन हुनु भएको छ ।
अधिबेशनको उदघाटन गर्दे समाजका केन्द्रीय सचिव एवं प्राध्यापक डाक्टर बासुदेव भण्डारीले प्रजातान्त्रिक बिचार समाजले समाजका नकारात्मक एवं सकारात्मक पक्षका बारेमा आफना अभिमत प्रकट गर्ने थलो भएको बताउनुभयो । उहाले बिचारमा खुला र स्पष्टता नभएसम्म सफलता प्राप्त हुन नसक्ने जनाउदै उपयुक्त सोचका लागि बिभिन्न बिचारहरु मन्थन गर्दै निचोडमा पुग्न अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा अध्यक्ष मुक्तिप्रसाद सुवेदीले कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने गण्डकी प्रदेश सदस्य जीवलाल काफलेले समाजका बारेमा जानकारी गराउनुभएको थियो । समाजका अध्यक्ष मुक्तिप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव सीता गौडेलले गर्नुभएको थियो ।
विसं २०५२ सालमा बासुदेवचन्द्र मल्लले प्रजातान्त्रिक बिचार समाजको स्थापना गर्नुभएको थिायो । स्थापनाअघि मल्ल त्रिभुवन बिश्वविद्यालयका उपकुलपति र चिनको राजदूत समेत भैसक्नु भएको थियो ।