स्याङ्जा १२ पुस । पुतलीवजार ११मायाटारीमा रहेको प्रगतीमहिलाबिकास सहकारी संस्थाको अध्यक्षमापुनःतारा अर्याल निर्वाचितहुनु भएको छ । संस्थाको शनिवार सम्पन्न भएको नवौं अधिवेशनतथा १९ औं साधारणसभाले तारा अर्याललाई अध्यक्षमा चयन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा गंगा अर्याल, सचीवमा सीता अर्याल र कोषाध्यक्षमा भवानी ढकाल भएको छ ।
त्यस्तै सदस्यहरुमा हेमा जिटी,जुना केसी, गीता केसी,राधा रोका,बिष्णु अर्याल र जमुना सेन्चुरी रहनु भएको निर्वाचन समितिका संयोजक यामबहादुर केसीले जानकारी सदनुभयो ।
अधिवेशनतथा साधारणसभाको उद्घाटनगर्दै पुतलीबजार नगरपालिकाका प्रमुख सिमा क्षेत्रीले महिलाहरुलाई आर्थिक रुपमा नै सवल बनाउन नगरपालिका लागि रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘महिलाहरु शिक्षित,सवलतथा सक्षम बनेमा मात्रै परिवार सुखि र संवृद्ध बन्न सक्छत्यसैले नगरपालिकाका कार्यक्रम पनि यसैमा केन्द्रित रहेको छ ।
कार्यक्रममा युएनडिपी नेपालका गण्डकी तथा लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले सहकारीले सदस्यहरुलाई ऋणदिनुका साथै आर्थिक रुपमा सफल र सक्षम बनाउनतर्फ लाग्नु पर्ने बताउनु भयो । महिला सदस्यहरुलाई व्यवशायीक क्षमता अभिवृद्धि गराउने कार्यक्रम सञ्चालनगर्न नगरपालिका र सहकारीलाई अर्यालले आग्रह समेत गर्नु भयो ।
सफल महिलाउद्यमी बनाउन बेलैमाकाम शुरु गर्नु पर्ने भन्दै अर्यालले नगरपालिकामा सञ्चालनमा ल्याईएको ईबिक सेन्टरले उद्यमशीलताको प्रवर्धनका लागि सहजीकरणगर्ने बिश्वास समेत व्यक्तगर्नुभयो ।
पुतलीबजार नगरपालिका आर्थिक समितिका संयोजक बावुकाजी जिटीले नगरपालिकाका १४ वटै वडामा उद्यमशीलता काकार्यक्रम सञ्चालन भईरहेको बताउनु भयो । उहाँले युएनडिपीसँगको सहकार्यमा सञ्चालनभईरहेका कार्यक्रमले आर्थिक उपार्जनका क्षेत्रमामहिलाहरुलाई निक्कै ठुलो सहयोग पुर्याईरहेको भनाई राख्नुभयो ।
कार्यक्रममा पुतलीबजार नगरपालिका सहकारी शाखा प्रमुखविष्णु ढकाल, जिल्ला बचत सहकारी संघका अध्यक्ष रविन्द्र श्रेष्ठ,कार्यवाहक वडाअध्यक्ष मनोज पौडेल,भूमिजंग केसी लगायतले बोलेका थिए ।
साधारणसभाका अवसरमायुएनडिपीका प्रादेशिक प्रमुख सुदिप अर्याललाई बिशेष सहयोगकालागि सम्मान गरिएको थियो भने सहकारीको कर्मचारीहरु भेषम अर्याल र मिना अर्याललाई कार्य प्रगतीका लागि सम्मान गरिएको थियो । यस्तै जेष्ठनागरिक तुलसी केसीलाई पनि सम्मान गरिएको थियो ।