स्याङ्जा ४ असार । स्याङ्जाको चापाकोट नगरपालिकाका पुर्वनगर प्रमुख तथा नेपाली काँग्रेस स्याङ्जाका नेता शिबकुमार गिरीको सोमबार अन्त्येष्टी गरिएको छ ।
नेपाली काँग्रेसका नेता समेत रहेका गिरीको पार्थिव शरिरमा नेपाली काँग्रेसका पुर्व महामन्त्री डाक्टर शशाङ्क कोइरालाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली गर्नु भएको थियो ।
असार १ गते शुक्रवार राती सवारी दुर्घट्नामा परी गिरीको निधन भएको थियो । परिवारका सदस्य बाहिरी देशमा रहेकाले पार्थिव शरिरलाई जिल्ला अस्पतालमा राखिएको थियो ।
नेपाली काँग्रेस स्याङ्जाको पार्टी कार्यालयमा पुर्व महामन्त्री कोइरालाले पार्टीको झण्डा ओढाएर बिदाई गरेपछि उहाको दामाचौर स्थित ज्याग्दीघाटमा अन्तिम दाहसंस्कार गरिएको नेपाली काँग्रेस स्याङ्जाले जनाएको छ ।
वि.सं. २०१८ सालमा जन्मिनु भएका गिरी नेपाली काँग्रेसको एक कुशल संगठक हो । नेपाली काँग्रेस स्याङ्जाले एक क्रान्तिकारी नेता गुमाएको भन्दै यस घट्नाले स्याङ्जा काँग्रेसलाई अपुरणीय क्षती भएको जनाएको छ ।
उहाको अन्तिम श्रदाञ्जलीका नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, उपसभापति कल्पना तिवारी र मेखलाल श्रेष्ठ, जिल्ला सभापति राजु थापा लगायत जिल्ला लगायत काँग्रेसका नेता तथा कार्यकर्ताहरु सहभागी भएका थिए ।
स्वर्गीय नेता गिरी नेपाली काँग्रेस स्याङ्जाको महाधिवेशन प्रतिनिधी , चापाकोट नगरपालिका स्याङ्जाका निर्वतमान नगर प्रमुख, नेपाली काँग्रेस स्याङ्जाका पूर्व सचिव, नेपाली कांग्रेस का पूर्व महासमिति सदस्य, तत्कालिन मल्याकोट गा.वि.स.का अध्यक्ष, नेपाल तरुण दल स्याङ्जाका पूर्व अध्यक्ष, नेपाल विद्यार्थी संघ स्याङ्जाका पूर्व अध्यक्ष, तत्कालिन जिल्ला विकास समितिका सदस्य, शान्ति समिति स्याङ्जाका जिल्ला अध्यक्ष, मल्याङ्कोट चिन्नेवास शेखाम सामुदायिक विद्युतका अध्यक्ष, राम मन्दिर मा.वि. मल्याङ्कोट का पूर्व अध्यक्ष लगायत विभिन्न सामाजिक संस्थाहरुको नेतृत्व मा रहि सामाजिक कार्य गर्दै आइरहनुभएको थियो ।