स्याङ्जा २० कात्तिक । जिल्ला क्रिकेट संघको आयोजनामा प्रथम पुतलीबजार उपमेयर रनिङ शिल्ड अन्तर विद्यालय स्तरीय महिला क्रिकेट लिग प्रतियोगिता सोमबार (आज) देखि सुरु भएको छ ।
पुतलीबजार नगरपालिका वडा नं. १ स्थित मालेबगर खेलमैदानमा भएको प्रतियोगिताको उदघाटन गर्दे नगरउपप्रमुख देवी अर्यालले सबैको चासो र महत्वका रुपमा रहेको क्रिकेट खेललाई नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । नेपालमा क्रिकेट खेलको संभावना राम्रो रहेको उहाको भनाई छ ।
कार्यक्रममा वडा अध्यक्ष अग्नीप्रसाद पौडेल, कार्यपालिका सदस्य संजीता अर्याल, वडा सदस्य बिष्णुकुमार श्रेष्ठ, रेडियो स्याङ्जा तथा टेलिभिजनका अध्यक्ष धु्रवबन्धु पौडेल, नेपाली कांग्रेस नगर सभापति सुरजकुमार अधिकारी, प्याब्सनका उपाध्यक्ष दिपक मरासिनी, नगर विकास सदस्य तारा मल्ल, प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मीले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
क्रिकेट संघका अध्यक्ष दिवाकर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव बिक्रम तिवारीले गर्नुभएको थियो । २४ गतेसम्म संचालित प्रतियोगितामा १७ बिद्यालयका छात्राहरुको सहभागिता छ ।