स्याङ्जा ४ मंसिर । सोमबार बिहान टयाक्टर दुर्घटना हुँदा २८ बर्षिय रामहरि चौधरीको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।
पुतलीबजार नगरपालिका १४ तोप्सेबाट लामागेतर्फ आउदेै गरेको ग. १ त. ४९८७ नम्बरको ट्याक्टर भित्री सडक खण्डमा पल्टिदा चालक चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
आज विहान साढे ९ बजेको समयमा भएको सो दुर्घटनाका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ। मृतक चालक दाङ् स्थित दंशीशरण गाउँपालिकाबासी रहेको बताईएको छ ।