स्याङ्जा ९ पुस । पुतलीबजार नगरपालिका र सयुक्त राष्टसघिय बिकास कार्यक्रम यूएनडीपीको आर्थिक सहयोग र सुर्योदय क्लबको ब्यबस्थापनमा पुतलीबजार नगरपालिका २ हुनिकोटमा ३ दिने ईको होमष्टे तालिम समापन भएको छ ।
स्थानीय खाद्य बस्तुको उपयोग गर्दे बिभिन्न परिकार निर्माणगरी पर्यटकलाई खुवाउने लक्ष्यका साथ तालिमको आयोजना गरिएको हो ।
तालिमको समापन कार्यक्रममा बोल्दै पुतलीबजारका कार्यवाहक नगर प्रमुख मनोज पोैडेलले तालिममा सिकेका कुरालाई ब्यवहारमा लागु गरी इको होमस्टेलाई प्रवद्र्धन गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा योजना अधिकृत ताराचन्द्र ढकाल, क्लवका उपाध्यक्ष बलराम दोरंगा, मुख्य प्रशिक्षक प्रिन्स गुरुङ् सहभागि सुनिता अधिकारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
वडा नं. २ का अध्यक्ष भिमबहाुर गुरुगको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सृष्टि श्रेष्ठले गर्नुभएको थियो ।


