स्याङ्जा १ भदौ । पुतलीबजार नगरपालिकाले प्राबिधिक शिक्षामा जोड दिने उदेश्यले ५० प्रतिशत छात्रबृत्तिमा २८ जनालाई अध्ययनको अवसर दिने भएको हो ।
कक्षा ११ लाई लक्षित गर्दै नगरपालिकाका १४ वटा वडाबाट दुई÷दुई जना छनौट गरिने नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो । गरिब तथा जेहेन्दार बिद्यार्थी पहिलो प्राथमिकतामा पर्ने उहाको भनाई छ ।
उहाका अनुसार, ‘प्राबिधिक तथा सिभिल इन्जिनियरिङ् अध्ययन गर्न चाहने तर, आर्थिक अवस्थाका कारण पढ्न नपाउने बालबालिकालाई लक्षित गर्दै अध्ययनबाट बंचित हुन नपरोस् भन्ने पालिकाको चाहना हो ।’ यसरी आउने बिद्यार्थी पहिचानका लागि वडाबाट शिफारिस भै आउनु पर्ने उपप्रमुख देवी अर्यालले जानकारी दिनुभयो ।
नगरपालिकाको शैक्षिक गुणस्तर बृद्धिसंगै बिद्यार्थीलाई प्राबिधिक धारतर्फ आर्कषण बढाउन नगरपालिकाले यस्तो अभियान सुरु गरेको शिक्षा शाखा प्रमुख बाबुराम बरालले जानकारी दिनुभयो ।
पुतलीबजार नगरपालिका १ स्थित त्रिभुवन आर्दश नमूना माध्यमिक बिद्यालयमा प्राबिधिकतर्फ ओभरसियर तथा सिभिल इन्जिनियरिङ् तर्फका पढाई हुदै आएका छन् ।