Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, June 7
    Trending
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारको एघारौं सभा सम्पन्न, झण्डैं ९० करोड ६५ लाखको बजेट पारित
    पुतलीबजार नगरपालिका

    पुतलीबजारको एघारौं सभा सम्पन्न, झण्डैं ९० करोड ६५ लाखको बजेट पारित

    Syangja SandeshBy Syangja SandeshJune 23, 2022Updated:June 23, 2022No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ९ असार । ‘शिक्षा स्वास्थ्य र पूर्वाधार, समुन्नत पुतलीबजारको आधार’ भन्ने मूल नाराका साथ प्रस्तुत गरिएका नीति कार्यक्रम सहित बिभिन्न बिधेयक र बजेट पारित भएको छ ।
    पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा एकिकृत कृषि ब्यवस्थापन प्रणाली सहित किसान बर्गिकरण, हाम्रा पाखो गह्रा सबै हराभरा, सुन्तला सुपरजोन कार्यान्वयनमा जोड, हाइटेक सुन्तला नर्सरी, एक घर एक कागती, एक घर एक करेशाबारी, स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण, रैथाने बालीको संरक्षण, प्रांगारिक खेती प्रणालीलाई प्रवद्र्धन गर्ने लगायत छन ्।
    यसैगरी, लघु उद्यम विकास कार्यक्रममा क्षमता विकास, प्रबिधि हस्तान्तरण, बित्तिय पहुँच र बजारीकरण, इनोभेसन र उद्यमशिलता ब्यवसाय प्रवद्र्धन तथा नवप्रवतन केन्द्र कार्यक्रम संचालन, बेरोजगारलाइ उत्पादनमूलक उद्योगमा परिचालन, घरेलु तथा साना उद्योग संचालन, विस्तार र अभिप्रेरित गर्न निजी क्षेत्रसंग सहकार्य गर्ने निती लिइएको छ ।
    नगरका पर्यटकीय, सास्कृतिक, ऐतिहासिक स्थानको पहिचानगरी वाहय तथा आन्तरिक पर्यटक प्रवद्र्धनमा जोड, इको भिलेज सहितको होम स्टे, प्याराग्लाईडिङ, ¥याफ्टिङ जस्ता साहसिक खेलको प्रवद्र्धन, एक सहकारी एक उत्पादन कार्यक्रम, भूमिहिन तथा अब्यवस्थित सुकुम्बासी परिवारको पहिचान सहित जग्गाधनी प्रमाणपत्र बितरण कार्यक्रमलाई बिशेष प्राथमिकतामा राखिएको छ ।
    लोपोन्मुख तथा अल्पसंख्यक समुदाय कुमाल, गन्धर्व र माझी जातिका परिवार र सशस्त्र द्धन्द्धका क्रममा वेपत्ता पारिएका ब्यक्तिका परिवारलाई निशुल्क स्वास्थ्य विमा र स्याङ्जा अस्पतालमा ब्लड बैंक संचालन सहित मृर्गौला रोगीहरुका लागि स्याङ्जामै निशुल्क डायलायसिस सेवा संचालन गर्ने छ ।
    सबै बालबालिकाको शिक्षामा पहुँच, अपांग, लोपोन्मुख लगायत विपन्न वालबालिकालाई छात्रबृत्ति, शिक्षक दरबन्दी मिलान, ३ कक्षामा स्थानीय पाठ्यपुस्तक लागु, मेयरसंग बिद्यार्थी कार्यक्रत्रम, सामुदायिक सिकाई केन्द्र र मर्दशा आदि शैक्षिक संस्थाको गुणस्तर बृद्धि, एक बिद्यालय एक फोकल शिक्षक, शिशुदेखि कक्षा ३ सम्मका बालवालिकाको खाजामा प्रतिबिद्यार्थी ५ रुपैया थप, ५ बर्षभित्र बालमैत्री पालिका घोषणा, बालश्रम न्यूनिकरण, सबै छात्रालाई निशुल्क स्यानीटरी प्याड, सुत्केरी सट्टा शिक्षकको ब्यवस्था, बहुप्राबिधिक शिक्षालय स्थापना, सुरक्षित मातृत्व र पोषण प्रवद्र्धन कार्यक्रम छन्। महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता, सामाजिक सुरक्षा तथा समावेशीकरण नीति अन्र्तगत सबै प्रकारका हिंसा, शोषण तथा बिभेद बहिष्करण बिरुद्ध सून्य सहनशिलताको निती, महिलालाई ब्यवसाय संचालन तथा आयमूलक कार्यक्रममा सहुलियत ऋण तथा बित्तीय सहयोग, अपांगमैत्री संरचना, फोहोरमैला र सेफटीटंकीको उचित ब्यवस्थापन, पुतलीबजारलाई उज्यालो सहित स्याटलाइट सिटी, नगरपालिकाको सडक गुरुयोजना बनाउने उल्लेख छन । यसैगरी, बिद्युत्तीय सुशासन, सार्वजनिक परिक्षण र सार्वजनिक सुनुवाई, सुधारिएको सेवा प्रवाहका लागि पूर्वाधार ज्ञान कार्यक्रम, कार्यसम्पादनमा आधारित कर्मचारी, प्रोत्साहन, स्थानीय जनसहभागिता नीति, अन्तर सरकार सम्बन्धी नीति, सार्वजनिक तथा निजी क्षेत्रको साझेदारी नीति, दिगो विकासका लक्ष्यहरुको स्थानीयकरण लगायत बिबिध नीतिहरु छन ्।
    यसैगरी, सभामा नगरउपप्रमुख देवी अर्यालद्धारा प्रस्तुत आर्थिक बर्ष २०७९÷०८० को लागि ९० करोड ६४ लाख ८८ हजार बराबरको बजेट बहुमतले पारित भएको छ। बजेट मध्ये ३० करोड ९७ लाख १५ हजार रुपियाँ पँुजिगत तर्फ र ५९ ६७ लाख ७३ चाल्ु खर्च तर्फ बिनियोजन भएको छ ।
    बजेट मध्ये संघ सरकारबाट सशर्त अनुदान ४५ करोड ८२ लाख, समानीकरण अनुदानमा १५ करोड ९१ लख र समपुरक अनुदानमा १ करोड ४० लाख छ ।
    प््रादेश सरकारको सशर्त अनुदानमा ५० लाख, समानीकरण अनुदान १ करोड ९२ लाख ७२ हजार, बिशेष अनुदान २० लाख, राजश्व वाँडफाँडबाट १ करोड ४४ लाख ७६ हजार रुपैया छ ।
    आन्तरिकतर्फ चालु आवको मौज्याद ७ करोड ९१ लख ३५ हजार अनुमान गरिएको छ। प््रादेश सरकारको नवपवर्तन कोष साझेदारी कार्यक्रममा ५ लाख मूल्य श्रुंखला आयोजनाको १८ लाख, सडक बोर्डको ६० लाख र जनसहभागितातर्फ २ करोज आय हुने अनुमान सहितको सो बजेट प्रस्तुत भएको हो ।
    सभाले बिनियोजन बिधेयक २०७९, आथिक बिधेयक २०७९, शैक्षिक बिधेयक २०७९, स्थानीय शिक्षा ऐन प्रतिस्थापक बिधेयक २०७९ र नगरसभाका बिभिन्न समितिमा पदपूर्ति लगायतका प्रस्ताव सर्वसम्मत तथा बहुमतले पारित भएका छन् ।
    सभामा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रशेम घर्ति, बिभिन्न बिषयगत समितिका संयोजकहरु मनोज पौडेल, इमबहादुर सेन लगायतले सहजीकरण गर्नुभएको थियो ।

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.