स्याङ्जा, १० जेठ । पुतलीबजार नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांगा्रेसका तुलसीराम रेग्मी र देवी अर्याल निर्वाचित हुनु भएको छ । उहाहरुले आफना प्रतिस्पर्धी नेकपा एमालेका सीमा क्षेत्री र महेश पुरीलाई पराजित गर्दे विजयी हुनु भएको हो । प्रमुख पदमा निर्वाचित रेग्मीले १२ हजार ४९४ मत पाउदा क्षेत्रीले १० हजार ९० मत पाउनु भएको थियो । यसैगरी, उपप्रमुख पदका निर्वाचित अर्यालले ११ हजार ७४८ मत पाउदा पुरीले १० हजार ७६१ म्त पाई उपविजेता बन्नु भएको हो ।
पुतलीबजारका १४ मध्ये १, ३, ४, ५, ७, ८, १०, ११ र १४ मा नेपाली कांग्रेस र २, ६, ९, १२ र १३ मा वडामा नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन। पुतलीबजार १ मा उत्तम श्रेष्ठ,२ मा भीमबहादुर गुरुङ, ३ मा राजेन्द्रप्रसाद श्रेष्ठ, ४ मा शिव थापा, ५ मा अर्जुनकुमार कार्की, ६ मा खेमबहादुर गुरुङ, ७ मा कृष्णबहादुर आले, ८ मा इमबहादुर सेन, ९ मा दुतप्रसाद गुरुङ, १० मा अग्निप्रसाद पौडेल, ११ मा मनोज पौडेल, १२ मा गन्जसिंह गुरुङ, १३ मा जुद्धबहादुर थापा मगर र १४ मा जितेन्द्रप्रकाश मल्ल निर्वाचित हुनुभएको छ । पुतलीबजार नगरपालिकामा ३७ हजार ७०८ जना मतदाता रहेकोमा २५ हजार १४९ जनाले मतदान गरेका थिए ।
यसैगरी, पुतलीबजार नगरपालिकाको प्रमुखमा ६ जना र उपप्रमुखमा ७ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुखका उम्मेदवार तुलसींह ठकुरीले ४३२, नेकपा माओवादीका नारायणप्रसाद लम्सालको २१७, नेकपा एकिकृत समाजवादीका महाप्रसाद सुवेदीले २०१ र मंगोल नेशनल अर्गानाईजेशनका सूर्यबहादुर थापाले ३०९ मत पाउनु भएको छ ।
यसैगरी, उपप्रमुखका उम्मेदवारहरुमा जनता समाजवादीका आस्था नेपालीले ५२, राप्रपाका दिलकुमारी शाहीले ४१२, मंगोल नेशनल अर्गनाईजेशनका तिरथ गुरुङले २८८, नेकपा माओवादी केन्द्रका सरस्वती शर्माले २७४, नेकपा एकिकृत समाजवादीका सुनिता क्षेत्रीले १६१ मत पाउनुभएको छ ।
यसैगरी, स्याङ्जाका ११ पालिका मध्ये ३ नगरपालिका र १ गाउँपालिकामा नेपाली कांग्रेस र ५ गाउँपालिकामा नेकपा एमालेले विजय हासिल गरेका छन। चापाकोट र वालिङ् नगरपालिकामा भने मतगणना जारी रहेको छ । यहााका ९७ वडा मध्ये नेपाली कांग्रेसले ५३ र नेकपा एमालेले ३८ र नेकपा माओवादीले १ ले वडामा विजयी भएका छन् ।
Wednesday, December 3
Trending
- ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’
- भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
- पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
- त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
- गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
- भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
- वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
- मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
