Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, June 7
    Trending
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजार प्रज्ञाप्रतिष्ठान पुर्नगठन, कुलपतिमा विश्वप्रेम अधिकारी
    पुतलीबजार नगरपालिका

    पुतलीबजार प्रज्ञाप्रतिष्ठान पुर्नगठन, कुलपतिमा विश्वप्रेम अधिकारी

    पुतलीबजार प्रज्ञाप्रतिष्ठान पुर्नगठन सहित सपथ ग्रहण गरिएको छ । नवगठित प्रज्ञाप्रतिष्ठानको कुलपतिमा विश्वप्रेम अधिकारीलाई मनोनयन गरिएको छ । उहाँ लगायत ८ सदस्यीय प्राज्ञ सदस्यको मनोनयन सहित मंगलबार सपथ गरिएको छ ।
    Syangja SandeshBy Syangja SandeshSeptember 3, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १८ भदौ । पुतलीबजार प्रज्ञाप्रतिष्ठान पुर्नगठन सहित सपथ ग्रहण गरिएको छ । नवगठित प्रज्ञाप्रतिष्ठानको कुलपतिमा विश्वप्रेम अधिकारीलाई मनोनयन गरिएको छ । उहाँ लगायत ८ सदस्यीय प्राज्ञ सदस्यको मनोनयन सहित मंगलबार सपथ गरिएको छ ।

    यसअघि उपकुलपति रहनु भएका अधिकारीलाई पुतलीबजार नगरपालिकाले कुलपतिमा मनोनयन गरिएको हो । प्रतिष्ठानको उपकुलपतिमा दुर्गाबहादुर शाह (बाबा), सदस्यहरुमा भवानी अधिकारी, मन्जु थापा, हिमलाल पुरी, रामबहादुर परियार, सम्झना थापा, राजेन्द्र श्रेष्ठ रहनु भएको छ ।

    यसैगरी, सदस्य सचिवमा नगर शिक्षा शाखा प्रमुख बाबुराम बराल रहनु भएको छ ।

    कुलपति सहित उपकुलपति र अन्य ८ सदस्यले मंगलबार सपथ ग्रहण गर्नुभएको छ । कुलपतिलाई नगरप्रमुख तुलसीराम रेग्मीले सपथ गराउनु भएको छ भने उपकुलपति सहित अन्य सदस्यलाई कुलपति विश्वप्रेम अधिकारीले सथप गराउनु भएको हो ।

    पुतलीबजार नगरपालिकाको भाषा, साहित्य, संस्कृति, ललितकलाको संरक्षण र सम्बद्र्धन गर्ने उदेश्यले प्रज्ञा प्रतिष्ठान गठन गरिएको छ । यसअघि नगरप्रमुख कुलपति रहनेगरी रहेको ऐन खारेजगरी पुतलीबजार प्रज्ञा प्रतिष्ठान ऐन २०८१ बमोजिम कुलपति नियुक्त गरिएको हो ।

    नगरप्रमुख कुलपति रहने प्रतिष्ठान भन्दा स्वतन्त्र समिति गठनगरी जिम्मेवारी दिनुपर्ने जनाउदै सोही बमोजिमको ऐन जारी गरिएको नगरप्रमुख तुलसीराम रेग्मीले बताउनुभयो । लामो समयदेखि साहित्य तथा कला, संस्कृतिका क्षेत्रमा क्रियाशिल अधिकारीलाई सो जिम्मेवारी दिइएको र नगरप्रमुख रेग्मीको भनाई छ ।

    यसैगरी, उपप्रमुख देवी अर्याल, प्रमुख प्रशासकिय अधिकृत चिरन्जीवी पौडेल, शिक्षा शाखा प्रमुख एवं प्रतिष्ठानका सदस्य सचिव बाबुराम बरालले नगरको भाषा, साहित्य, संस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि अध्ययन, अनुसन्धान, पहिचान, अनुभव आदान प्रदान, संकलन र प्रकाशन गर्नुपर्नेमा जोड दिनुभयो ।

    प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारीले नगरको कला, संस्कृति र साहित्यलाई लिपीबद्ध गराउने उदेश्य सहित जिम्मेवारी बहन गर्दै आउदो पुस्तालाई हाम्रा धर्म, संस्कृति, परम्परा, रितिरिवाज, सामाजिक सदभाव बुझाउन सक्नु पर्ने बताउनुभयो।

    यसअघि, पुतलीबजार प्रज्ञापतिष्ठान ऐन २०८० मा नगरप्रमुख कुलपति रही २४ सदस्यीय समिति रहेको थियो। तत्कालिन ऐन खारेजगरी पुतलीबजार प्रज्ञापतिष्ठान ऐन २०८१ जारीगरी ८ सदस्यीय बनाइएको हो ।

    प्रतिष्ठान गठनका लागि भाषा, साहित्य, संस्कृति, ललितकलाको संरक्षण, संवद्धृन र विकासमा कम्तिमा २० बर्ष योगदान भएको र कम्तिमा ५० बर्ष उमेर भएको ब्यक्तिलाई नगरकार्यपालिकाको बैठकले एक जना कुलपतिमा मनोनयन गर्ने कानूनी प्रावधान छ ।


    यस्तै, भाषा, साहित्यमा १० बर्ष योगदान भएका एक जना नगरप्रमुखले उपकुलपति र भाषा, साहित्यमा समर्पित २ जना महिला सहित ४ जना र कुलपतिले एक महिला सहित २ जना मनोनयन गर्न सक्ने उल्लेख छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.