स्याङ्जा ३० कात्तिक । पुतलीबजार नगर उपउपप्रमुख रनिङ शिल्ड अन्तर माध्यमिक बिद्यालय स्तरीय छात्रा क्रिकेट प्रतियोगिताको उपाधी रोशनी आवासिय माध्यमिक बिद्यालयले हात पारेको छ।
पुतलीबजार नगरपालिकाको आर्थिक सहयोग तथा जिल्ला क्रिकेट संघ स्याङ्जाको आयोजनामा पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेलमैदानमा ४ दिने प्रतियोगिता गरिएको हो।
प्रतियोगितामा ज्ञानोदय आवासिय माध्यमिक बिद्यालय द्धितिय, इभरग्रीन आवासिय मावि तृतीय र हिमालयन आवासिय मावि सान्त्वना भएका छन्। सामुदायिक र निजी दुबै बिद्यालय सहभागि रहेको प्रतियोगितामा ४ बटै शिषएस्थानमा निजी बिद्यालयले जितेका छन्।
उपप्रमुख देवी अर्यालले प्रथम हुनेलाई नगद २५ हजार सहित रनिङ शिल्ड, मेडल, ट्रफी, प्रमाणपत्र प्रदान गर्नुभएको छ ।
यसैगरी, द्धितिय, तृतीय र सान्त्वना हुने बिद्यालयलाई नगद सहित मेडल, ट्रफी, प्रमाणपत्र प्रदान गर्दै सहभागी सबैलाई बधाई एवं शुभकामना ब्यक्त गर्दै छात्रा लक्षित क्रिकेट खेललाई आगामी बर्षहरुमा पनि निरन्तरता दिने बताउनुभयो । छात्रा लक्षित प्रतियोगिताले गर्नाले क्रिकेटमा पुतलीबजार लगायत समग्र स्याङ्जाको भविष्य सुखद रहेकोमा उहाले जोड दिनुभयो ।
लीग चरणमा गरिएको प्रतियोगितामा १७ बिद्यालयका छात्राहरु सहभागि रहेको क्रिकेट संघ स्याङ्जाका अध्यक्ष दिवाकर थापाले जानकारी दिनुभयो ।