स्याङ्जा १८ साउन । पुतलीबजार नगरपालिका १४ लामागे स्थित पाणिनी आश्रम संस्कृत गुरुकुलममा संचालित पुरुषोत्तम मास धार्मिक प्रवचन सहित बिबिध कार्यक्रम सकिएका छन् ।
चतुर्मासको अवसर पारेर पाणिनि आश्रमद्वारा आयोजित त्रिद्विवसीय पुरूषोत्तम मास महिमा एवं ३ दिन भजनकृतनको अन्तिम दिन समापन गरिएको हो ।
संगितमय झाँकी र रसमय संकृतनको साथमा श्री १००८ स्वामी ईश्वरानन्दज्यूको मुखारबिन्दबाट पुरूषोत्तम मास महिमाको विषयमा भईरहेको प्रवचनमा श्रद्वालुहरूको उल्लेख्य सहभागिता थियो ।
समापन कार्यक्रमका बोल्दै पुतलीबजार नगरपालिका १४ का वडाध्यक्ष जितेन्द्र प्रकाश मल्लले आश्रमको सर्वाङ्गिण विकासको निम्ति आँफ्नो बलबुँताले भ्याएसम्म लाग्ने बताउनुभयो।
कार्यक्रममा आश्रमका संस्थापक अध्यक्ष पं। पुण्यप्रसाद उपाध्याय, आश्रमका संरक्षक श्री १००८ स्वामी हंशानन्दज्यु, व्यवसायी नवराज सुवेदी, व्यवसायी रबिन्द्रमान श्रेष्ठ, श्री १००८ स्वामी ईश्वरानन्द, समाजसेवी मखमली श्रेष्ठ लगायतले शुभकामना शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो।
आश्रमका कार्यबाहक अध्यक्ष चुडामणी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव रबिन के।सी।ले गर्नुभएको थियो। अन्तिम दिनको प्रसादी व्यवस्था पाणिनि आमा समूह पण्डितथरद्गारा गरिएको थियो।
स्थानीय, छिमेकी वडाहरूका श्रद्वालुहरूको साथै पोखरादेखि गुरूका भक्तहरूको उपस्थिति रहेको थियो।