स्याङ्जा ८ असार । प्रायजसोः तराईका भूमागमा उत्पादन हुने आँप र लिचि स्याङ्जामा पनि गरिने भएको छ। तराईका वातावरणसंग मिल्दोजुल्दो हावापानी भएका कारण पहाडी जिल्लामा पहिलो र एकमात्र आँप र लिचि जोन संचालनमा ल्याइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जाले जनाएको छ।
स्याङ्जाका दक्षिण पूर्वी भेग मिलाएर ‘आँप लिची जोन’ बनेकोे छ। चापाकोट नगरपालिकाका सबै वडा र गल्याङ् नगरपालिकाका ५ वटा वडा मिलाएर आँप र लिचि जोन बनाइएकोे हो।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जा अन्र्तगत जिल्लाका यी २ नगरपालिकाका भुभाग समेटेर जोन बनाई परियोजना संचालन सुरु गरिएको प्रमुख माधव लम्सालले जानकारी ििदनुभयो ।
चालु आर्थिक बर्षदेखि चापाकोटका १० वटै र गल्याङका कालीगण्डकी किनारका वडा नं. १, २, ३, ९ र १० वडालाई समेटेर आँप र लिची जोन संचालनमा ल्याइएको हो।
समथर भूभाग र गर्मी हावापानी भएका कारण यस क्षेत्र आँप र लिचीको उर्वर क्षेत्र हो। यहाँ रैथाने जातका आँप र लिचिको उत्पादन पनि अत्यन्तै राम्रो छ। प्रशस्तरुपमा आँच र लिचिका बगैंचा छन् यहाँ। यहाँका प्रायजसो सबैका ः घर घरमै आँप र लिचिका बोट छन्।
आधुनिक कृषि प्रबिधिको उपयोगसंगै बगैंचाको उचित ब्यवस्थान गरेर उत्पादकत्व बढाई सहज बजारीकरणसंगै आयआर्जन बढाउने परियोजनाको मुख्य उदेश्य रहेको प्रमुख लम्सालको भनाई छ। जसका कारण किसानलाई प्रत्यक्ष लाभ मिल्नेछ उहाले थप्नुभयो ।
किसानका माग बमोजिम जोन संचालनमा ल्याइएको हो। यहाँका किसानहरुका भेलाले चापाकोट र गल्याङ्का किसान समेटेर विश्वास पुरीको संयोजकत्वमा ९ सदस्यीय आँप लिचि जोन संञ्चालन समन्वय समिति गठन भएको छ। समितिले बगैंचा ब्यवस्थापनदेखि विरुवा रोप्नेसम्म र किसानलाई आवश्यक पर्ने कृषि औजार तथा मेशिनरी लगायत सिंचाईका योजनासम्मका काममा समन्वयको काम गर्ने छ।
अहिले आँप लिचि रोप्नका लागि खाडल खन्ने काम पुरा भएको छ। यसबर्ष झण्डैं सय हेक्टर क्षेत्रफलमा आँप र लिचिका बिरुवा लगाईने लक्ष्य छ। चितवनबाट १० हजार वटा बिरुवा खरिदगरी ल्याउने तयारी भैरहेको परियोजना प्रमुख लम्सालले जनाउनुभयो । उहाका अनुसार, ‘‘आम्रपाली’ जातका आँप र ‘शाही’ जातको लिचि रोपिने भएको हो। यी दुबै फलले ३÷३ बर्षमै उत्पादन दिनेछन् र रेैथाने भन्दा निकै कम उचाईका हुनेछन्।’
बिभिन्न ब्यक्ति, फर्म, समूहगरी जोनमा १ सय जना किसान जोनमा सूचिकृत छन्। प्रतिब्यक्ति २ सय रोपनीसम्म आँप र लिचि रोप्न तयारी छन्। मदखाद, खाद्यतत्व, रोगको उपचार लगायतका बारेमा प्रशिक्षित गराईएको छ। यसअघिका उत्पादन दिईरहेका पुराना बोटमा कीटनाशक औषधि छर्कनेसम्मका काम भएको संयोजक पुरीले बताउनुभयो ।
परियोजनाले यहाँका ५ सय हेक्टर क्षेत्रफलमा आँप र लिचिका बिरुवा रोपेर चापाकोट र गल्याङ् नगरपालिकाका किसानका आयस्तरमा बृद्धि गर्ने लक्ष्य सहित परियोजना संचालनमा ल्याइएको प्राबिधिक प्रमुख इन्द्र सुवेदीको भनाई छ।
Monday, August 25
Trending
- हरितालिका तीज सुरु, आज दर खाने दिन
- स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
- वालिङमा एक महिने कुक तालिम सम्पन्न
- तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
- कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
- भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
- मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
- स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख