स्याङ्जा १९ भदौ । लोग्नेको कुटाईबाट गम्भीर घाईते बनेकी ४२ बर्षिया मन्जु दमैको उपचारका क्रममा मृत्यु भएको छ।
पुतलीबजार नगरपालिका ८ का ४० बर्षिय गोपाल दमैले भदौ १४ गते दिउसो २ बजे पत्नी मन्जुलाई कुटपिट गर्दा टाउकोमा गम्भीर चोट लागेपछि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएकोे छ।
गम्भीर घाइते मन्जुलाई स्थानीयको सहयोगमा उपचारका लागि स्याङ्जा अस्पताल ल्याएका थिए। उनको अवस्था गम्भीर भएकाले थप उपचारका लागि मणीपाल अस्पताल पोखरा रिफर गरिएको थियो।
उपचारका क्रममा भोलीपल्ट भदौ १५ गते मृत्यु भएको र उनका पति गोपाललाई १६ गते पक्राउगरी कानूनी दायरामा ल्याइएको प्रहरी नायब उपरिक्षक रविन्द्र खनालले जानकारी दिनुभयो।
आरोपित दमैलाई कर्तव्य ज्यान मुद्धा दर्तागरी म्याद थप अनुमती लिई अनुसन्धान भई रहेको प्रहरीको भनाई छ।
Sunday, August 24
Trending
- भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
- मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
- स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
- स्याङजा अस्पतालबाट विस्तारित सेवा
- स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
- स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
- फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
- खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम