स्याङ्जा १ पुस । रुम टु रिड र सूर्योदय क्लवको संयुक्त आयोजनामा भीरकोट नगरपालिका २ डाडाकोट स्थित श्री पूर्ण दुर्गा भवानी आधारभूत बिद्यालयको अनुगमन तथा अन्र्तक्रिया गरिएको छ ।
प्रारम्भिक कक्षाका बालबालिकालाई पठन सिप र पुस्तकालयमा अध्ययन गर्ने वानी विकासका लागि संचालित परियोजनाको अनुगमन पश्चात सरोकारवालाबीच अन्र्तक्रिया गरिएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जीटीले यस्ता कार्यक्रमले बालबालिकालाई अध्ययनमा चासो बढाउनुका साथै पढ्नमा पनि रुची जगाउने हुदा यस्ता कार्यक्रमलाई राज्यले पनि अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भीरकोट नगरप्रमुख गोविन्दप्रसाद कर्माचार्यले यस्ता कार्यक्रमलाई भीरकोट नगरपालिकाभरी बिस्तार गर्न आफु तयार रहेको जनाउदै सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।
वडा अध्यक्ष श्यामकाजी अधिकारी, रुम ट् रिडका निर्देशक नेत्र दाहाल, शिक्षा बिभागका बिष्णुप्रसाद अधिकारी, जिल्ला शिक्षा समन्वय अधिकारी गुरुप्रसाद पौडेल, सूर्योदय क्लवका सचिव रमेश गोदार, रुम टु रिड स्याङ्जाका प्रमुख टेकबहादुर डेंगा, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णकाजी केसी, प्रधानाध्यापक तुलसी काफले, लगायतले पढ्ने बानीको विकासमा यस्ता क्रियाकलाप आवश्यकता रहेकोमा जोड दिनुभयो ।
यसैगरी, भीरकोट नगरपालिका स्थित भाग्योदय माविमा संचालित परियोजना अन्र्तगत स्थापित पुस्तकालय हस्तान्तरण गरिएको छ । बिगत ४ बर्षदेखि संचालित परियोजनाको समायावधी समाप्त भएसंगै परियोजनाले बिद्यालयलाई नै ती शैक्षिक सामाग्री, पुस्तक सहित कार्यक्रम संचालन गर्नेगरी हस्तान्तरण गरेको हो ।