स्याङजा २ भदौ । दिगो शान्तीका लागी उन्नत सम्बन्ध भन्ने नाराका साथ वालिङमा न्यायिक समिति तथा मेलमिलापकर्ताहरु बीच सिकाई तथा अभ्यास आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । द एसिया फाउण्डेसनको सहयोग, वालिङ नगरपालिकाको आयोजना र प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालको सहजीकरणमा कार्यक्रम गरीएको हो ।
कार्यक्रममा बोल्नुहुँदै वालिङ नगरपालिका प्रमुख दिलिपप्रताप खांणले मेलमिलापले नै दुवै पक्षको जित भएको भन्दै नागरिकले आफ्नै घरदैलोमा मेलमिलाप गर्ने व्यवस्था प्रभावकारी बनेको बताउनुभयो । साथै उहाँले यहाँका सामान्यदेखि जटिल प्रकृतिका समस्याहरु समेत गरी ५० प्रतिशत घटनाहरु मेलमिलापमै टुंगिएकोले मेलमिलापकर्ताहरुले आफ्ना अभ्यासहरुलाई आदानप्रदान कार्यक्रमले थप हौसला मिल्ने बताउनुभयो ।
नगरउपप्रमुख तथा न्यायिक समितिका संयोजक कल्पना तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका कानुनी साखा प्रमुख नरबहादुर पौडेल र प्राकृतिक द्धन्द्ध रुपान्तरण केन्द्र नेपालका रमिला हुँमागाईले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा न्यायिक समितिका संयोजक, सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा वडा अध्यक्षहरु वसन्तकुमार मल्ल र आनन्द पाठकले न्यायिक क्षेत्रका अनुभवहरु आदानप्रदान गर्नुभएको थियो ।