स्याङ्जा ९ चैत । नेपाली कांग्रेस जिल्ला कार्य समिति स्याङ्जाले पत्रकार सम्मेलन गर्दै आफना गतिबिधिका बारेमा जानकारी गराएको छ । पुतलीबजार नगरपालिका १ स्थित पार्टी कार्यालयमा आयोजित प्रेस युनियन निकट पत्रकारहरुको सहभागितामा सम्पन्न महाधिवेशन र अहिलेसम्म भए गरेका काम कारवाहीका बारेमा जानकारी गराइएको हो ।
पार्टी प्रवक्ता भरत प्रसाद लम्सालले जिल्लाको महाधिवेशनपछि समिति निर्माण, बिभिन्न २५ वटा बिभाग गठन, क्षेत्र नं. १ को महासमिति सदस्य सर्वसम्मत चयन, कार्यालय ब्यवस्थापन र जिम्मेवारी सहित आसन्न निर्वाचनका बारेमा जानकारी दिनुभयो । उहाले आम नागरिकलाई सत्य र तथ्य बुझाउने माध्यम नै पत्रकार जगत भएकाले बास्तविकतामा आधारित रही सही जनमत जुटाउनेगरी कलम चलाउन सुझाव दिनुभयो ।
+यसैगरी, घर घर जाउ, कांग्रेस जिताउ अभियान सहित नेपाली कांग्रेसले जिल्लाका ९७ वडामा आफनो अभियान संचालन गरेको छ । अभियानमा जिल्ला स्थित नेताहरुलाई जिम्मेवारी तोकिएको छ । जिल्लामा केन्द्रीय प्रतिनिधिका रुपमा युवा नेता एवं केन्द्रिय सदस्य प्रदीप पौडेल खटाइएको छ । कार्यक्रममा प्रेस यूनियन स्याङ्जाका पूर्व अध्यक्षहरु ओमप्रकाश शर्मा र श्रीकृष्ण सिग्देल, यूनियनका सभापति प्रदीप कोइराला, केन्द्रिय प्रतिनिधी प्रकाश डोटेल र भवानी अधिकारी, सचिव तोलाकान्त बगाले लगायतले आ आफना सुझाव एवं जिज्ञासा ब्यक्त गर्नुभएको थियो ।