स्याङ्जा २९ फागुन । नेपाल शिक्षक संघ स्याङ्जाको अध्यक्षमा पशुपति पौडेल निर्वाचित हुनुभएको छ । नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति स्याङ्जाको फागुन २४ गते सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा पौडेल अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
त्यसैगरी उपाध्यक्षमा बाटुली पौडेल अधिकारी, उपाध्यक्षमा परशुराम भट्टराई निर्वाचित हुनुभएको छ । सचिवमा युवराज ढकाल, सचिव कमलराज लम्साल, सहसचिवहरुमा शिवप्रसाद ढकाल, शारदा अर्याल, उत्तरा गुरुङ, ऋषीराम भण्डारी , भगवती भण्डारी र सदस्यहरुमा केशवराज खनाल, राजकुमार उपाध्याय, यामप्रसाद चापागाई, चन्द्रकान्त उपाध्याय, विष्णुकुमारी भुसाल, शान्ता पौडेल र हरिकला सुवेदी निर्वाचित हुनुभएको छ ।
अधिवेशनले संघीय प्रतिनिधि खुल्लातर्फ लक्ष्मीप्रसाद रेग्मी, सीता गैह्रे्रे, दीर्घप्रसाद चापागाई, शेषकान्त खनाल, नर्वदेश्वरप्रसाद मिश्र, गायत्री आचार्य र वन्दना लम्साल चयन हुनुभएको छ ।
यसैगरी प्रदेश प्रतिनिधि खुल्ला तर्फ कमलकान्त अर्याल, अमृत भण्डारी, शिवलाल गैह्रे, दामोदर न्यौपाने, उमाकान्त पौडेल, बोला पाठक, इन्दिरा केसी र सुनिता उच्चै चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनको उदघाटन २४ गते भएको थियो । नेपाल िकांग्रेसका जिल्ला सभापति एवं प्रतिनिधिसभा सदसय राजु थापाले उदघाटन गर्नुभएको थियो ।
नेतृत्वका आकांक्षी धेरै भएपछि ११ वटै पालिकाका शिक्षक संघका सभापति सहित अन्य ३ शिक्षक सम्मिलित सदस्य सहितको कार्यदल गठन गरेर पदाधिकारी सहितको समिति ३ दिनपछि टुंग्याइएको थियो।