स्याङ्जा २० कात्तिक । नेकपा एमालेका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री पदमा अर्यालले नेपालीहरुका सबै चाडपर्व साझा पर्वका रुपमा मनाइदै आएको बताउनुभयो ।
नेकपा एमाले पुतलीबजार नगरकार्यसमिति द्धारा स्याङ्जा सदरमुकाममा आयोजित बिजयादशमी, दिपावली, छठ, नेपाल सम्बत, ल्होसार र इद लगायतको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाले बिगतका दिनमा कुनै जातजातीले आ आफना चाडपर्व मनाउने गरेता पनि अहिले सबैले सबैका चाडपर्वलाई साझा रुपमा मनाउनु सुखद पक्ष रहेको बताउनुभयो । बिगतदेखिनै जिल्लामा समन्वय र सहकार्य गर्दे अघि बढेका राजनीतिक दलहरु आउदा दिनमा पनि यसैगरी अघि बढ्नुपर्ने उहाको भनाई छ । राजनीतिक पार्टीबिचको एकता र समन्वयले मात्र समग्र जिल्लाको विकास हुने र सबै राजनीतिक दलबीच एकता र सहकार्यगरी अघि बढ्नुपर्नेमा उहाले जोड दिनुभयो।
कार्यक्रममा केन्द्रीय सदस्य सीता सुन्दास, नेकपा जिल्ला अध्यक्ष सूर्यप्रसाद गैहे पारश, गण्डकी प्रदेश सदस्य एवं संघिय सांसद नारायणप्रसाद मरासीनी, गण्डकी प्रदेश सांसद मोहन रेग्मी, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रदेश सदस्यहरु सीमा क्षेत्री, रामबहाुर थापा, इस्लाम मिया, दिपक लम्साल, नेपाली कांग्रेसका कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार), एमाले जिल्ला सचिवालय सदस्य महेश पुरी, तारा शर्मा, सामुदायिक रेडियोका अध्यक्ष अनन्तराज मरासीनी, पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, नेपाली कांग्रेस पुतलीबजार नगरसभापति सुरज अधिकारी, नेकपा एमाले बिरुवाका अध्यक्ष प्रकाश थापा, भीरकोट नगरअध्यक्ष विश्वनाथ अर्याल, च्याम्बर अफ कमर्शका केन्द्रीय सदस्य निर्मला लम्साल, उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, च्याम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष श्री गुरुङ, युवा संघका अध्यक्ष पारश सेन, युथफोर्स जिल्ला अध्यक्ष नृपल श्रेष्ठ, राष्ट्रिय युवा संघ जिल्ला कोषाध्यक्ष अशोक शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
पुतलीबजार नगर अध्यक्ष भरत गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सोबित क्षेत्रीले स्वागत एवं सचिव अमृत नेपालीले संचालन गर्नुभएको थियो ।