स्याङ्जा १० कात्तिक । नेकपा एमाले चापाकोट नगरपालिकाको अधिवेशनले राजु कोइरालाको अध्यक्षतामा पालिकास्तरीय कमिटी सर्वसम्मत चयन गरेको छ ।
गठित कमिटीको उपाध्यक्षमा शंकरभक्त भण्डारी, सचिवमा राजु भट्टराई, उपसचिवमा शेषकान्त भण्डारी र गोबरधन पाठक निर्वाचित हुनुभएको नेकपा एमाले स्याङ्जाले जनाएको छ ।