स्याङ्जा २ पुस । नेकपा ( एकीकृत समाजबादी ) चापाकोट नगरपालिका वडा नं ७ को भेला रुक्मागत ढकालको अध्यक्षतामा ५५ सदस्यीय वडा कमिटी चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा धुर्व पाठक, सचिबमा डोलराज भट्टराई, उपसचिवमा अनिता नेपाली निर्वाचित हुनु भएको छ । साथै, सोही अवसरमा बिमल भट्टराईको अध्यक्षतामा युवा संघ गठन गरेको छ । कमिटीको सचिवमा राम वस्याल रहेको वडा कमिटि चयन गरेको हो ।
भेलालाई सम्बोधन गर्दै नेकपा एसका केन्द्रीय सदस्य ताजमोहम्मद मियाले नेकपा समाजवादीले मात्र आम नागरिककका हितका पक्षमा काम गर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला अध्यक्ष रामचन्द्र भट्टराई, सदस्य मनबहादुर थापा, चापाकोट नगर अध्यक्ष सीताराम गैह्रे, वडा नं ६ का अध्यक्ष चन्द्रबहादुर थापा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
रुक्मांगद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन धुर्व पाठकले गर्नु भएको थियो।