Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 16
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » निर्वाचन आयोगको टोली काठमाडौं फर्कियो, स्याङ्जा २ को मतगणना अझै अन्योलमा
    राजनीति

    निर्वाचन आयोगको टोली काठमाडौं फर्कियो, स्याङ्जा २ को मतगणना अझै अन्योलमा

    Syangja SandeshBy Syangja SandeshNovember 27, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ११ मंसिर । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि भएको निर्वाचनका बेला चापाकोटमा भएको घटनाकाबारे स्थलगत अध्ययन अवलोकन गर्न आएको निर्वाचन आयोगको टोली शनिबार साँझ काठमाडौं फर्केको छ।

    आयोगका सहसचिव फणिन्द्र गौतमको नेतृत्व र शाखा अधिकृतसहितको शुक्रबार बिहान स्याङ्जा आएको टोली २ दिन स्याङ्जामा बसेर फर्केको हो।

    टोलीले जिल्लाका सुरक्षा प्रशासन, विवादमा तानिएका मतदान केन्द्र, आन्दोलनरत राजनैतिक दलहरुलगायतसँग छुट्टाछुट्टै छलफल गरेको छ। टोलीलाई तीन दिन अर्थात् मंसिर १२ भित्र प्रतिवेदन बुझाउने समयसिमा तोकिएको छ।

    प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार आयोगको टोलीले चापाकोट पुगेर स्थलगत अध्ययन अवलोकनका साथै सम्बन्धित सरोकारवालासँग भेटवार्ता गरे। निर्वाचन अधिकृत, मतदान अधिकृत, सुरक्षाकर्मीसँग पनि भेटवार्ता गरेका छन्।

    मतदान सकिएको सातादिन पुग्दा समेत स्याङ्जा निर्वाचन क्षेत्र नं। २ को मतगणना सुरु हुन नसक्दा स्थानीय मतदाताको आक्रोश बढेको छ। तर, नेपाली कांग्रेस र नेकपा एमाले आ (आफ्नै अडानमा छन्। बिहानदेखि साँझसम्म दुवैपक्ष धर्ना र शक्ति प्रर्दशनमा व्यस्त छन्।

    मतपेटिका नगरपालिकाभित्र बनाइएको मतगणनास्थलमा राखिएको छ। मतदान सकिएर मतपेटिका थन्क्याएपछि एमालेले सडक आन्दोलन गर्न थालेपछि मतगणना कार्य अन्योलमा परेको छ। कांग्रेसले धाँधलीगरी मत खसालेको एमालेले आरोप लगाउँदै पुनः मतदानको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको छ। मतगणनास्थल वरपर बस्दै धर्ना पनि दिँदै आएका छन्।

    तर, कांग्रेसले भने मतदान केन्द्रबाट मुचुल्कासहित विधिपूर्वक आएका मतपेटिका सम्बन्धित स्थानमा थन्क्याएपछि मतगणनाका प्रक्रिया अघि बढाउनुपर्ने भन्दै मतगणनाको माग गर्दै आएको छ।

    आन्दोलनरत दलहरु पक्ष र विपक्षमा अहिले सडकमा धर्ना एवं दबाबमूलक कार्यक्रम गर्दै आएका छन्।

    क्षेत्र नं। २ का निर्वाचन अधिकृत रामचन्द्र शर्मा भन्नुभयो, ‘आयोगको टोली काठमाडौं फर्किसकेको छ, अब टोलीले उपलब्ध गराएको प्रतिवेदनका आधारमा आयोगले निर्णय गरेर काम अघि बढ्ने छ। हामी त्यसकै प्रतिक्षामा छौं।’

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.