स्याङ्जा, २९ भदौ । अर्जुन चौपारी गाउँपालिका ६ तमाखुबारीका १२५ घरधुरीमा नियमित बिद्युत सुनिश्चितताको माग गरेका छन् ।
साहारा सामुदायिक बिद्युत उत्पादन तथा बितरण सहकारी मार्फत सेवा लिदै आएका यहाँका स्थानियले प्रभाबकारी सेवा नपाएको भन्दै गाउँपालिकामा नियमित बिद्युत सुनिश्चितताको माग गरेका हुन् ।
१०८ सेवाग्राहीले हस्तास्क्षर गरेको निबेदनमा सेवा प्रदायक साहाराबाट भोल्टेज कम आउने र नियमित मर्मत तथा प्रभाबकारी सेवा नपाएको गुनासो गरेका छन् ।
सेवा प्रदायक संस्था साहाराले प्रभाबकारी सेवा दिन नसकेको बताउदै नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्रमा सेवा समाहित गरी दिन स्थानियले निबेदनमा माग गरेका छन् ।
स्थानिय डिल्लीराम ढकालले २०६३ सालबाट ८०÷२० को साझेदारीमा पाचँ लाख रकम तिरेर साहाराबाट बिद्युत सेवा लिएको बताउदै बर्षमा आधा समय मात्र प्रभाबकारी ढंगले बिद्युतको सेवा लिन पाएको बताउनुभयो ।
बिगत दुई महिनाबाट बिद्युतको ट्रान्सिमरट पडकेर सेवा नपाएको बताउदै ढकालले सेवा प्रदायक साहाराले चाँसो नदिएको बताउनुभयो । बिद्युत १५ दिनमा गाउँपालिकाको पहलमा तीन भोल्टको बत्ती बलेको बताउदै ढकालले कुटानी पिसानीको लागि एक घण्टा टाढाँ दरौ जानुको बिकल्प नभएको बताउनुभयो ।
बरु एक महिना अध्यारोमा बस्छौ तर सामुदायिक बिद्युत उत्पादन तथा बितरण सहकारीबाट बिद्युत प्राधिकरणबाटसेवा लिने ब्यवस्था गर्न आग्रह गर्नुभयो ।
पालिका अध्यक्ष प्रकाश तिवारीले बिद्युत प्राधिकरणसगँ समन्वय गरी प्रभाबकारी बिद्युतिय सेवा प्रानको लागि पहल गर्ने बताउनुभयो ।
सामुदायिक बिद्युत उत्पादन तथा बितरण सहकारीका काबा अध्यक्ष गोबिन्द रानाभाटले बिद्युत सेवा प्रभावित भएको जानाकारी रहेको बताउदै अहिले नै स्थानियले भने जस्तो प्रभाबकारी सेवा दिन असमर्थ रहेको बताउनुभयो ।
प्राधिकरणमा जोड्ने गरी पहल भैरहेको बताउदै रानाभाटले केहि समय स्थानियले दुख सहनुको बिकल्प नभएको बतउनुभयो ।