स्याङजा ३ पुस । निजी तथा आवासीय बिद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन) को १४ औं जिल्ला अधिवेशन शनिवारदेखि सुरु भएको छ ।
अधिवेशनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दे केन्द्रीय सदस्य अमृत अर्यालले राज्यको निजी बिद्यालयलाई हेर्ने दृष्ट्रिकोण सकारात्मक नभएको बताए । एउटै देशका नागरिकबीच राज्यले बिभेद गरेको उहाको भनाई छ ।
सरकारी बिद्यालयमा राज्यले सौतेलो ब्यवहार गरेको बताउनुभयो । सरकारी बिद्यालयमा राज्यले गरेको लगानी भन्दा धेरै कममा निजी बिद्यालयले गुणस्तरीय शिक्षा दिइरहदा पनि राज्यले सधैंभरी निजी बिद्यालयलाई उपेक्षा गरेको उहाले बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव गुरु भट्टराई, नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष श्री गुरुङ, जनता समाववादीका पमनारायण अर्याल, प्याब्सनका पूर्व वरिष्ठ उपाध्यक्ष पुष्पराज बराल, सल्लाहकार बुद्धिसागर त्रिपाठी र कुमार राना, नेपाल शिक्षक संघका नगर सभापति शिवप्रसाद तिमिल्सिना, पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा लगायतले निजी बिद्यालयलाई पनि राज्यले समान ब्यवहार गर्नुपर्नेमा जोड दिनुभयो ।
प्याब्सन जिल्ला अध्यक्ष पूर्णबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष धु्रवबन्धु पौडेलले स्वागत एवं सचिव राजेन्द्र गोदारले संचालन गर्नुभएको थियो ।
यसैगरी, सोही कार्यक्रममा हाल आधीखोला गाउपालिकामा कालिका आवासिय माविका संस्थापक टिकाराम ढकाल र गल्याङ नगरपालिका स्थित चिराग आवासिय माविका संस्थापक कोमलनाथ शर्मालाई सम्मान गरिएको छ ।
नयाँ नेतृत्व चयन गर्दे आइतवार अधिवेशन सम्पन्न हुने जनाइएको छ । स्याङ्जामा ८४ वटा निजी बिद्यालयमा प्याब्सनमा आवद्ध छन् ।