स्याङ्जा ४ पुस । मानवअधिकारको लागि महिला एकल महिला समूह स्याङ्जाले द्धन्द्ध प्रभावित महिलाहरुको न्यायमा पहुँच बिषयक कार्यशाला गरेको छ ।
कार्यशालाको उदघाटन गर्दै पुतलीबजार नगरउपप्रमुख महेश पुरीले नगरपालिकाको उदेश्य भनेको महिलालाई आय आर्जनमा संलग्न गराउनु रहेकाले नगरपालिका र महिला समूहबीच समन्वय गरेर धेरै कार्यक्रम गर्न सकिने उहाले बताउनुभयो । उहाले महिला समूहलाई आवश्कता अनुरुप सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी ऋषिराम आचार्य, प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारी, रेडियो स्याङ्जा एवं टेलिभिजनका अध्यक्ष अनन्तराज मरासीनी, द्धन्दपिडित हिरामोती शाही लगायतले द्धन्द्ध प्रभावित महिलाका पिडा र आवश्यकताका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभयो । समूह स्याङ्जाका अध्यक्ष सरिता थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहसचिव राधिका पौडेलले गर्नुभएको थियो ।
सो कार्यक्रममा कास्कीका अध्यक्ष जुना केसीले द्धन्द्धप्रभावित एकल महिला सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सन् २०२१ जुलाईदेखि शान्ति परियोजना संचालनमा रहेको उहाले बताउनुभयो । मनाङ र मुस्ताङ् बाहेक मुलुकका सबै जिल्लामा समूहको संजाल बिस्तार गरिएको पनि उहाको भनाई छ।