स्याङ्जा ६ असोज । प्रहरीले स्याङ्जा सदरमुकाम स्थित मुख्य बजारबाट २ हजार लीटर घरेलु मदिरा नष्ट गरेको छ। मदिरालाई खाडलमा पोखेर नष्ट गरेको हो।
पुतलीबजार नगरपालिका १ स्थित मुख्यबजारका केही होटल तथा पसलबाट ती मदिरा नियन्त्रणमा लिई नष्ट गरेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
नजिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दै होटल पसलको अनुगमन गर्दा कानूनतः अवैध मानेको घरेलु मदिरा भेटेपछि नियन्त्रणमा लिई स्थानीय जनप्रतिनिधी लगायतका रोहवरमा नष्ट गरेको हो।
घरेलु हिंसा न्यूनीकरण र नजिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दे प्रहरीले अभियानलाई तीब्रता दिएको जनाएको छ। घरेलु मदिरा नियन्त्रणका लागि प्रहरी अधिकृतसहितको टोली खटाएको प्रवक्ता अधिकारीले जानकारी दिए।
घरमा उत्पादित घरेलु मदिरालाई राज्यले अबैध मानेको छ।
Friday, December 12
Trending
- पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
- स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
- पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
- राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
- पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
- छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा
- भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन
- राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई
