पोखरा १३ माघ । मनाङ मर्स्याङ्दी क्लब, पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै मनाङ फाइनलमा पुगेको हो ।
पोखरा रङ्गशालामा खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।अब मनाङले फाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । मछिन्द्र फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराएर एपीएफ उपाधि नजिक पुगिसकेको छ । फाइनल खेल पर्सी हुनेछ ।
Friday, September 19
Trending
- आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
- “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
- आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
- संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
- अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
- बाबुको तिथिमा कारागारलाई सहयोग
- स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
- बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित