Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, October 14
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » तिहार नजिकिदै गर्दा फुल्यो ढकमक्कै सयपत्री
    कालिगण्डकी गाउँपालिका

    तिहार नजिकिदै गर्दा फुल्यो ढकमक्कै सयपत्री

    Syangja SandeshBy Syangja SandeshOctober 16, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३० असोज । तिहार नजिकिदै गर्दा कालीगण्डकी गाउँपालिका भने सयपत्रीमय बनेको छ। गतबर्षदेखि सयपत्री फूल रोप्दै आएको पालिकाले यसबर्ष भने ५० रोपनी जग्गामा कर्मा ५५५ जातको सयपत्री फुलखेती गरेर झनै शौन्दर्यता बढाएको छ।


    पालिकालाई सयपत्रीको फूल माफर्त ब्यावसायिकता एवं पहिचान दिलाउने उदेश्यले गाउँपालिकाले गतवर्ष पालिकाले नै फूल खेती सुरु गरेको हो। अघिल्लो बर्ष पहिलो पटकमै फूलबाटै राम्रो उत्पादन भएपछि यसवर्ष यहाँका किसानलाई थप अनुदान दिएर फूलखेती गर्न थालिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो ।


    उनका अनुसार ‘गतबर्ष फूलखेतीबाटै झण्डै ८ लाख रुपैंया आम्दानी भएको थियो।’ गतबर्ष १५ रोपनी जग्गामा ड्रागन फ्रुटसंगै फूल खेती गरिएको थियो।
    यसबर्ष गाउँपालिकाले १५ र कृषक समूह तथा व्यक्तिकागरी ३५ रोपनीमा सयपत्री फूलखेती गरिएको छ। व्यावसायिक किसान बढाउन पालिकाले ५० प्रतिशत अनुदान उपलब्ध गराएको छ। गाउँपालिका — ४ बिर्घामा १५ रोपनी जग्गामा नर्सरी बनाइएको छ। पालिकाभित्रका फूल रोप्ने किसानले यही प्रशिक्षण दिईने गरिएको छ।


    तीस भन्दा बढी किसानले ब्यवसायिकरुपमा फूलखेतीलाई अघि बढाउने जनाएका छन्। समूह तथा व्यक्तिले २ देखि ५ रोपनीसम्म जग्गामा व्यावसायिक फूलखेती भने गर्नुपर्नेछ।


    जग्गा खनजोतदेखि फूल फुल्ने अवधिसम्मका लागि पालिकाले प्रतिरोपनी ९ हजार रुपैंया समेत उपलब्ध गराएको छ।
    यहाँ उत्पादित फूलको किसानले आफैंले बिक्री बितरण तथा उपयोग गर्न सक्नेछन्। तर, बजार नपाएमा पालिकाले नै खरिदको जिम्मा लिएको छ। पालिकामा घरबास (होमस्टे) पनि संचालनमा छ।


    बीउ जमाएको ९० दिनमा फूल फुल्छ। विशेषगरी दशैं तिहारलाई लक्षित गरेर फूलखेती सुरु गरिएको हो। दशैं भन्दा तिहारका बेला सयपत्री फूलको माग बढी हुनेगर्छ। एउटा बोटमा पटक पटकगरी २ सय वटा भन्दा बढी फूल फल्छ। यी फूलहरु चैत महिनासम्म रहने बताइएको छ।


    तिहार लगायतका चाडबाड र खुशीयाली नजिकिदै गर्दा धेरै रकम बाहिर गइरहेका बेला कालीगण्डकी गाउँपालिकाले खाली र बाँझा जग्गाजमिनको समेत उपयोग गर्दै सहजरुपमा राम्रो नगद आर्जन गर्न सकिने रहेछ भनेर प्रमाणित गरिसकेको बताउनुहुन्छ गाउँपालिकाका अध्यक्ष खिम थापा।


    अघिल्ला बर्षहरुमा बिभिन्न शहरबाट फूलमाला मगाउनु पर्ने वाध्यता हटेको छ। गतबर्ष पोखरा, नारायणघाट, पाल्पा, काठमाण्डौं लगायतका बिभिन्न शहरका माग बमोजिम यहाँका फूलमाला निर्यात गरिएको थियो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.