Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, June 8
    Trending
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » तलबभत्ता सबै सामाजिक सेवामा खर्चिदै ५ वर्ष वडामै बसेर सेवा गर्नेछुस् अध्यक्ष उम्मेदवार श्रेष्ठ
    पुतलीबजार नगरपालिका

    तलबभत्ता सबै सामाजिक सेवामा खर्चिदै ५ वर्ष वडामै बसेर सेवा गर्नेछुस् अध्यक्ष उम्मेदवार श्रेष्ठ

    Syangja SandeshBy Syangja SandeshMay 9, 2022No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २६ बैशाख । पुतलीबजार नगरपालिका वडा नं. ३ का अध्यक्षका उम्मेदवार राजेन्द्रप्रसाद श्रेष्ठले आफु निर्वाचित भएमा ५ बर्षे समयावधी वडामै बसेर सरकारद्धारा आफुलाई प्राप्त तलबभत्ता वडाभित्रै सामाजिक क्षेत्रमा खर्चिने बताउनुभएको छ ।
    नेपाली काँग्रेसबाट उम्मेदवार बनेका श्रेष्ठले आफूले प्राप्त हुने सरकारी सेवा सुविधा वडाभित्रका विपन्न, असहाय वर्ग सहित शैक्षिक सुधारका क्षेत्रमा खर्च गर्ने बताउनु भएको हो ।
    शिक्षण पेशा र बिभिन्न सामाजिक क्षेत्रमारही कामका अनुभवी उनले वडालाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउने बताउनुभयो । यी दुबै कुरामा हामी सचेत रहयौं भने समुन्नत पुतलीबजार हाम्रै पालामा संभव छ ।
    उहाका अनुसार, ‘एक गाउँ एक उत्पादन, जग्गा जमिनको उचित उपयोग, उन्नत बिउविजन र यान्त्रिकरणमा जोड, घरघरमा खानेपानी सुबिधा, बाटोघाटोको स्तरोन्नती, ढल नाला, बिजुली, सिंचाईंलाई दिर्घकालिन समस्यामा जोड दिईने, महिला, दलित, जनजाति, जेष्ठ नागरिक, फरक क्षमता, अल्पसंख्यक समुदाय लक्षित कार्यक्रमलाई प्राथमिकता, युवा रोजगार, महिला उद्यम तथा ब्यवसायमा जोड, विपन्न परिवारलाई निशुल्क स्वास्थ्य विमा लगायतका अन्य सुबिधा, घर घरमै सामाजिक सुरक्षा भत्ता र जेष्ठ नागरिक स्वास्थ्य परिक्षण सेवा, बिद्यालय र बालबालिकाका पक्षमा समान सेवा सुबिधा, भूमिहिनका लागि जग्गा, छात्रबृत्ति र अंग्रेजी माध्यमबाट पनि पढाईमा जोड, प्राबिधिक र सीपमूलक शिक्षा, जेष्ठ नागरिक र अशक्त अपांग ब्यक्तिलाई निशुल्क यातायात सेवा, जिर्ण र बिजुलीका पोल विस्थापन गर्नै, बालिका शिक्षा सहित वडाबासीमा साक्षरता दर बढाउने, वेरोजगार घटाउन बिभिन्न किसिमका तालिम र उद्यम सम्बन्धी प्रशिक्षण लगायत अन्य आवश्यकता अनुरुपका बिभिन्न सेवा उपलब्ध गराईनेछ ।’
    समग्र वडाबासीका चाहना र आवश्यकता अनुरुपका ब्यवसाय संचालनमा उत्प्रेरितगरी आर्थिक एवं प्राबिधिक सहयोग, अनुदानका ब्यवस्था, कर तथा बिद्युत्तमा छुट लगायतका काम गर्ने वातावरण बनाउने उहाले बताउनुभयो ।
    उहा ३५ वर्ष शिक्षण पेशाबाट झण्डै ५ बर्षअघि निबृत्त हुन । गणित र बिज्ञानका शिक्षक उहा आर्थिक र सामाजिक कार्यमा पनि पारदर्शि हुनुहुन्छ । बिभिन्न सामाजिक क्षेत्रमा बसेर उहाले सामाजिक क्षेत्रमा ब्यक्तिगतरुपमा समेत सहयोग गर्दे आउनुभएको छ । वडाबासीका माग अनुरुप अध्यक्ष पदका उम्मेदवार बनेका उहा यसपटक वडाअध्यक्ष पदमा विजयी हुनेमा विश्वस्त हुनुहुन्छ ।
    सादा जीवन उच्च बिचारका धनी श्रेष्ठलाई विदेशको मोह नभएको बताउनुहुन्छ । आफना २ छोराहरु विदेशमा रहे पनि उहा यहीं बसेर सामाजिक क्षेत्रमा रमाउनु भएको छ । शिक्षण र ब्यवसाय दुबै सम्हाल्दै आएका उहाले पछिल्ला केही बर्षअघिदेखि ती दुबै क्षेत्रलाई त्यागी बिशुद्ध सामाजिका क्षेत्रमा काम गर्दे आउनु भएको हो ।

    अध्यक्ष जितेपछि विदेश जान्छ भनि आफना प्रत्यासी अध्यक्षका उम्मेदवारले मत माग्दै भ्रम छरेकोप्रति आक्रोश ब्यक्त गर्दे उहाले भन्नुभयो, ‘मेरा छोरा अष्ट्रेलियामा छन् । मैले जान चाहे भने उम्मेदवार बन्नु भन्दाअघि, धेरै पहिला पनि जान सक्थे । तर, मलाई विदेशको मोह छैंन । घुम्न गएँ, फर्केर आएँ । विदेश के हो भन्ने चिनेको छु । अध्यक्ष जितेपछि जाने भन्ने कुरा हुदैन । अध्यक्ष पदको जिम्मेवारी के हो मैले राम्ररी बुझेको छु । पुरा समयाबधि यहीं बिताउनेछु । अध्यक्षको कार्यकालभरी बिदेश जानेछैंन ।’ ढुक्क हुन वडाबासीलाई उहाले आग्रह गर्दे प्रत्यासी उम्मेदवारलाई अनावश्यक भ्रमका खेती नगर्न समेत सचेत गराउनुभयो ।
    पदीय जिम्मेवारीलाई कसरी चलाउनुपर्छ भन्ने राम्ररी बुझ्नु भएका उहाले तलबभत्ता पनि नलिईकन वडाको विकासमा लागि समर्पित हुन चाहेको बताउनुभयो । ‘लामो शिक्षण पेशाले धेरै असल चेलाहरु पाएको छु । अव वडाबासीका सेवा गर्ने अवसर चाहेको छु । आशावादी छु । यो मेरो लक्ष्यलाई वडाबासीले बुझ्नुहुनेछ ।’ अध्यक्षका उम्मेदवार श्रेष्ठले बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.