स्याङजा, २७ जेठ । स्कुल अफ डेमोक्रेसी स्याङजाले बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएकोछ । स्याङजाका प्रमुृख जिल्ला अधिकारी दिपकराज नेपाल मार्फत प्रधानमन्त्री ओलाीलाई ५ बुदें ध्यानाकर्षण सहितको पत्र हस्तान्तरण गरेको हो । कोभिड १९ को संक्रमण रोकथाम र उपचारका लागि बृहत कार्यजोजना सहित अघि बढ्न सुझाव दिइएको छ ।
पत्रमा पहिलो चरणको खोप लगाएकालाई अविलम्ब दोश्रो चरणको खोपको ब्यवस्था गर्न, स्याङजा जिल्ला अस्पतालको स्टोरकक्षमा थन्किएका ४ वटा भेन्टिलेटरको उपयोग गर्न, पिसिआर परिक्षण रिपोर्ट आउन हप्ता दिनसम्म पनि लम्बिने कार्यलाई छोट्याई आम नागरिककका पिसिआर परीक्षणको दायरा बढाउन, आइसोलेसनका रहेका संक्रमितका मनोवल उच्च बनाउनेगरी मनोबैज्ञानिक परामर्श दिन र उनीहरुको समस्याका बारेमा सम्बोधन गर्न र जिल्लाका सबै पालिकाहरुमा एम्बुलेन्स सहित सववाहनको ब्यवस्था गर्न गराउन उल्लेख गरिएको छ । डेमोक्रेसीका जिल्ला अध्यक्ष इन्जिनियर अनुप श्रेष्ठद्धारा हस्ताक्षरित ज्ञापनपत्र संघीय स्वास्थ्य मन्त्रालय, गण्डकी प्रादेशिक स्वास्थ्य मन्त्रालय र स्याङजाका ११ वटै पालिकालाई बोधार्थ दिइएको छ । ज्ञापनपत्र बुझदै प्रजिअ नेपालले आफुलाई उपलब्ध पत्र तत्काल सम्बन्धित निकायमा प्रेषित गर्ने जनाउनुभयो ।