स्याङ्जा १७ भदौ । डेंगु सङ्क्रमणबाट वालिङ नगरपालिकाका ४४ बर्षिय एक पुरुषको आइतवार मृत्यु भएको छ ।
केही दिनअघि डेंगु सङ्क्रमण देखिएपछि वालिङ – १३ का उनी उपचारका लागि पोखरा स्थित गण्डकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा लगिएको थियो।
उपचारकै क्रममा उनको ज्यान गएको वालिङ नगर स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले जानकारी ििदनुभयो ।
गएको साता गह्रौँ प्राथमिक अस्पताल वालिङमा गरिएको परीक्षणमा चार जनामा डेङ्गी देखिएको थियो।
डेंगुबाट पनि गएको साउनमा वालिङका ११ महिने बालिकाको मृत्यु भएको थियो। वालिङ–११ का ती बालिकाको उपचारका क्रममा पाल्पा अस्पतालमा मृत्यु भएको हो। योसँगै स्याङ्जामा २ जनाको डेंगुका कारण ज्यान गएको छ।