Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 16
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » जीउदो मतदाता मरेको सूचिमा राखेर गलत प्रचार गर्दै एमालेका जिम्मेवार नेता
    राजनीति

    जीउदो मतदाता मरेको सूचिमा राखेर गलत प्रचार गर्दै एमालेका जिम्मेवार नेता

    Syangja SandeshBy Syangja SandeshNovember 28, 2022Updated:November 28, 2022No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, १२ मंसिर । मतदान सकिएको एक हप्ता भए पनि स्याङ्जा क्षेत्र नं २ को मतगणना अझै शुरु हुन सकेको छैन ।
    चापाकोटको बिषयमा एक पछि अर्को रहस्यहरु खुल्दै गएकाछन् । नेकपा एमालेले मरेका र बिदेशमा रहेका मतदाताले पनि भोट हालेको भन्दै सूची नै सार्वजनिक गर्यो । जसले सामाजिक सञ्जालनमा निक्कै चर्चा पनि पायो ।


    नेकपा –एमालेले सार्वजनिक गरेको सूची मध्येकी चापाकोट नगरपालिका वडा नम्वर ५ की ७६ बर्षीय जुनमाया दमै जीवीतै हुनुहुन्छ । उहाँले मंसिर ४ गते जनसक्रिय आधारभूत विद्यालय चिठ्ठी पोखरी मतदान केन्द्रमा मतदान गुर्न भएको हो । जुनमाया दमै आक्रोस पोख्दै भन्नु हुन्छ, ‘म जीउदै छु मलाई किन मरेको भनेको के म दलित भनेर हेपेको’ त्यस्तो भन्नेलाई सबै मिलेर कारवाही गर्नुपर्छ उहाँको आक्रोस छ । म माथि राजनीतिक रुपमा अन्याय गरियो उहाँको दुखेस छ ।


    जुनमाया मात्रै होईन गाँउका अन्य केही जीउदा व्यक्तिलाई पनि मरेको भनेर सार्वजनिक गरिए पछि चापाकोट वासी आक्रोसित भएका हुन् ।

    जुनमाया मात्रै होईन चापाकोट ४ राम मन्दिर बिद्यालयबाट मतदान गरेका चन्द्र बहादुर कुँवर पनि जीवितै हुनु हुन्छ तर एमालेले निकालेको सूचिमा भने उहाँको नाम मृतक भएको उल्लेख छ । स्थानीय युवा विश्वास पुरी भन्नुहुन्छ,‘हैन जे पनि भन्न र जे पनि गर्न मिल्ने रहेछ किन हो रु’ आफूहरुलाई अनावश्यक रुपमा तनाव दिने काम गरिएको भन्दै पुरीले आक्रोस समेत पोख्नु भयो ।


    के फेरी निर्वाचन हुने हल्ला छ नी केही थाहा पाउनु भएको छ भन्ने प्रश्नमा, पुरी भन्नुहुन्छ,‘के हामी खेलौना होर, एमालेका बुथ प्रतिनिधि दिनभर त्यही देखेका थियौ कांग्रेस एमालेसँगै बसेका थिए कसरी यस्तो चर्चा आयो हामी कुनै पनि हालतमा पुनः मतदान हुन दिदैन’पुरीले भन्नुभयो ।


    चुनाव सकिनै लाग्दा नेकपा एमालेका उमेद्वार पद्मा अर्याल तथा काग्रेसका नेताहरु सँगै बसेर कफि खाएका थिए । त्यती बेला सम्म बुथ कब्जा भयो किन नभनेका हुन् अर्का युवा भागिरथ मल्लको भनाई छ । चापाकोट नगरपालिका वडा नं। १ भानुमावि मतदान केन्द्रमा एमालेका बुथ प्रतिनिधिले कांग्रेसका बुथ प्रतिनिधिलाई कुटे पछि विवाद भएको थियो । विवाद सामान्य पार्न प्रहरीले हवाई फायर समेत गरेको थियो । सो विवाद मिलाउन पद्मा अर्याल सहितको टोली कांग्रेससँग बसेको थियो । मतदान राती सम्म चलाउने उनीहरु बीच सहमति समेत भएको थियो । त्यतीबेला घाईते भएका युवा भरत वोस्ती भन्नुहुन्छ, एमाले उमेद्वार पद्मा अर्याल सँगै हुनु हुन्थ्यो त्यतीबेला सम्म बुथ कव्जा भयो भनेर भन्नु भएको थिएन पछि राजनीतिक प्रतिशोध लिन यसो गरिएको हो,वोस्तीले थप्नु भयो ।

    मङ्सिर ४ गते मतदान सम्पन्न भएको भए पनि अझै मतगणना हुन सकेको छैन । यसैबीच निर्वाचन आयोगले गठन गरेको आयोगका कानुन सहसचिव फणिन्द्र गौतम नेतृत्वको टोली स्थलगत अवलोकन तथा छलफल पछि शनिवार नै काठमाण्डौं फर्किएको छ । टोली जिल्लाका सुरक्षा निकाय,प्रशासन, विवाद भएको भनिएको बुथका मतदान अधिकृत र सहायक अधिकृत, आन्दोलनरत राजनैतिक दल लगायतसँग छलफल गरेको थियो ।


    टोलीलाई ३ दिन भित्र अर्थात मंसिर १२ भित्र प्रतिवेदन बुझाउेन समय तोकिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.