स्याङजा २४ फागुन । नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको ३९ औं जिल्ला सभा स्याङजा सदरमुकाममा सम्पन्न भएको छ ।
साधारणसभाको उदघाटन गर्र्दै संघिय सांसद राजु थापाले जुन सुकै वादका पछि लागेपनि अन्तिम गन्तब्य भने मानव सेवा नै भएको बताउनुभएको छ । क्षणिक स्वार्थका लागि मानवले नै मानवमाथि आक्रमण गरिरहेको उहाले भन्नुभयो । संसारकै मानवीय क्षमता बिशिष्ट रहेको जनाउदै उहाले रेडक्रसको स्थापना भन्दा पहिला नै नेपालमा गौतम बुद्धले मानवता सिकाएको स्मरण गराउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटी, सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेल, नेपाली कांग्रेसका सहसचिव धुवबन्धु पौडेल, रेडक्रस सोसाइटीका पूर्व केन्द्रिय सदस्य हिरादेवी शर्मा, उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, पत्रकार महासंघका उपाध्यक्ष राधाकृष्ण डुम्रे, रेडक्रस उपशाखा सभापति मेखबहादुर थापा र बन्दना लम्साल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दै मानव सेवा र रेडक्रसका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका सभापति दिनेश अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति लक्ष्मी थापाले स्वागत एवं उपमन्त्री खगेन्द्र अर्यालले संचालन गर्नुभएको थियो ।