स्याङ्जा, २८ पुस । स्याङ्जा स्थित जिल्ला बचत तथा ऋण सहकारी सघ लिमिटेडको नवौ साधारणसभा आज सम्पन्न भएको छ ।
साधारणसभाको उदघाटन गर्दै संघिय सांसद नारायणप्रसाद मरासीनीले बचत तथा ऋण सहकारी संस्थाले सामाजिक तथा आर्थिक जीवनोस्तरमा सकारात्मक परिवर्तन गरेको बताउनुभयो । स साना रकम संकलन गरेर ठूलो आवश्यकता पुरा गर्न सफल यस्ता सहकारीको दिगोपनका लागि सहकारीका नियमानुसार संचालन गर्नुपर्नेमा उहाले जोड दिनुभयो । सांसद मरासिनीले सहकारीकर्मीका मनोभावना र आवश्यकता बुझेर काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपती पौडेल, सहकारीकर्मीहरु दयाराम लामिछाने, चिन्तामणी पौडेल, नेफ्स्कुन प्रा.लि.कम्पनीका विद्या श्रेष्ठ, पुतलीबजार सहकारी शाखा प्रमुख बिष्णुप्रसाद ढकाल, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, राष्ट्रिय सहकारी बैंकका प्रमुख पुष्पा क्षेत्री, जिल्ला बचत तथा ऋण सहकारीका सल्लाहकार भूमिजंग केसी र अनन्तकुमार श्रेष्ठ, सञ्चालक समिति सदस्य नारायणसिंह थापा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
सहकारीका अध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष यज्ञ पाठकले स्वागत एवं सचिव अच्यूत पोखरेलले संचालन गर्नुभएको थियो ।
सहकारीका क्षेत्रमा बिभिन्न समयमा योगदान पुरयाएको भन्दै अनन्तकुमार श्रेष्ठ, चिन्तामणी पौडेल, दयाराम लामिछाने र निबृत्त राष्ट्रसेवक सहकारी संघका सूर्यप्रसाद दोरंगा र बिष्णु नेपालीलाई सम्मान गरिएको थियो ।