स्याङ्जा, २१ भदौ । मासु खाने प्रयोजनका लागि जिउँदो गोरु काटेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भीरकोट नगरपालिका ८ ढापुकफेदीका नैन सिंह गुरुङ, हुमप्रसाद गुरुङ र खेम गुरुङ हुन।
गएको राती राति १ बजे जिउँदो गोरु काटेको भन्ने गोप्य सुचनाको आधारमा उनीहरु पक्राउ परेको प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
गोरु काटेर भागबण्डा लगाउँदै गरेको अवस्थामा प्रहरीले ३ जनालाई पक्राउ गरेको जनाएको छ। उनीहरुका साथबाट २ वटा चक्कु पनि नियन्त्रणमा लिइएको छ।
आरोपित ३ जनालाइै पशुपंक्षी सम्बन्धी कसुरमा मुद्दा दर्ता अदालतबाट ७ दिनको म्याद थप भएको छ।
Thursday, November 13
Trending
- संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा
- अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण
- चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु
- राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल
- महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव
- साईबाबा शताब्दी जन्मोत्सव पारेर स्याङ्जामा शोभायात्रा
- काशीराज पाण्डे आध्यात्मसेवा सम्मान गुरुकुललाई
- चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
