स्याङ्जा १० साउन । बाढी पहिराका कारण भत्केको सडकलाई त्रिपालको ओत लगाइएको छ । पुतलीबजार नगरपालिका १२ स्थित पेल्काचौर जाने सडक खण्डका अधिकांश सडक भत्किएका छन ।
असारको अन्तिम साता आएको मुसलधारे पानी सहितको बाढी पहिराले नवनिर्मित जाडखोला — पेल्काचौर पक्की सडकका ३÷४ ठाउँमा भत्काएको छ ।
करिब ६÷७ किलोमीटरका अन्तरमा ४ वटा ठूला र धेरै साना पहिरा खसेका छन्। पहिरोले धेरै लामो र ठूलो भूभाग खसालेको छ। माथिबाट झरेका पहिराले सडक जिर्ण बनाएको छ ।
गण्डकी प्रदेश सरकारको सहयोगमा पुतलीबजार नगरपालिका ११ जाँडखोला र १२ पेल्काचौर जोड्नेगरी पक्की सडक निर्माण पक्रिया अघि बढेको थियो। पछि नगरपालिकाले समेत सडक निर्माणमा लगानी रहेको छ ।
पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले भन्नुभयोे, ‘दिनहुँ दर्जनौ सवारी साधन गुड्ने यस सडकमा अहिले दोहोरो सवारी साधन गुडाउन कठिन छ । अझै पनि माथिबाट ढुंगाा र माटो फुस्फुस झरिरहेको छ । सडकको आँधाआँधी जसो भाग खसालेको छ ।’
सडकको अवस्था जाँचबुझ गर्न नगरप्रमुख रेग्मी सहितको प्राबिधिक टोली पुगेर निरीक्षण तथा अवलोकन गरेको छ । सोही टोलीले भत्केको जमिनलाई सुरक्षित अड्याउन त्रिपाल ओढाएर राखेको छ ।
स्थानीयले आवतजावतसंगै खाद्यान्न ल्याउन लैजान समेत कठिनाई भोग्नु परेको वडाअध्यक्ष गञ्जसिंह गुरुङले बताउनुभयो । पुतलीबजार नगरपालिका सहित विरुवा गाउँपालिकाका र भीरकोट नगरपालिकाका केही वडामा जाने सडक पनि यही हो ।
असार अन्तिम साता आएका पानी संगैको वाढी पहिराले स्याङ्जाका ११ जनाको मृत्यु भएको छ भने ७ जना घाईते छन । एक जनाको अवस्था गम्भीर छ । सयौं रोपनीमा लगाइएका धान, मकै, तरकारी तथा फलफूललाई क्षति पुरयाएको छ ।
यसपटकको बाढीपहिराले स्याङ्जामा ठूलो मानवीय एवं भौतिक क्षति भएको छ । सो सडकलाई थप क्षति पुग्न नदिन पुतलीबजार नगरपालिकाले त्रिपालले ढाकिएका छन् । पालिकासंग सडक निर्माण तथा मर्मतका लागि आवश्यक पर्ने बजेट नहुदाँ समस्या परेको पुतलीबजार नगरपालिकाले जनाएको छ ।
त्यसो त, पुतलीबजारका राङ्खोला — विरुवा सहित पौवेगौडे— ठूलाडिही—छोरेपाटन सडक खण्ड पनि दर्जनौं स्थानमा भत्कनुका साथै ठूल्ठूला पहिरा गएका छन । पानीसंगै भत्केका सडक भएर ओहोर दोहोर गर्दाे कष्ट भोग्नु परेको स्थानीयबासीका भनाई छन ्।