स्याङ्जा २८ असोज । लायन्स क्लव अफ पुतलीबजारले पुतलीबजार नगरपालिका ४ स्थित भ्यू टावरमा डस्टिवन प्रदान गरेको छ । क्लबका वरिष्ठ सदस्य इन्जिनियर नवराज शर्माको जन्मदिनको अवसर पारेर डस्टवीन बितरण गरेको हो ।
वातावरण स्वच्छ राखौं फोहोरमैलाको उचित ब्यवस्थापन गरौं भन्ने उदेश्यका साथ डस्टवीन प्रदान गरिएको हो ।
डस्टविन बितरण कार्यक्रममा बोल्दै पूवं वडाअध्यक्ष ओम खड्काले लायन्स क्लवले मानवीय एवं सामाजिक सेवामा पुरयाउदै आएको सहयोगको चर्चा गर्दै आगामी दिनमा समेत सक्रियरुपमा लाग्न सुझाव दिनुभयो ।

डिस्ट्रीक्ट एडभाइजर श्री गुरुङ, जोन चियर पर्शन ला. डोलराज रेग्मी( कृष्णा), रामकोष भ्यु टावर समितिका अध्यक्ष राम बहादुर थापा लगायतले शुभकामना ब्यक्त गर्नुभएकोे थियो।
क्लवका अध्यक्ष पिताम्बर गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा प्रथम उपाध्यक्ष एकनारायण मरासीनीले स्वागत, वरिष्ठ सल्लाहकार मनोज मल्लले झण्डाको अभिवादन एवं सचिव रुद्र विश्वकर्माले संचालन गर्नुभएको थियो ।