Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, September 18
    Trending
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    • हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » जनपक्षिय काम गरेका छौं — मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल
    आँधीखोला गाउँपालिका

    जनपक्षिय काम गरेका छौं — मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल

    Syangja SandeshBy Syangja SandeshOctober 31, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले चार वर्ष प्रदेश चलाएको सरकारले भन्दा वर्तमान सरकारले राम्रो काम गरेको बताउनुभया। आँधीखोला गाउँपालिका १ पञ्चमूलस्थित नेपालकै पहिलो र नमूना पर्यटकिय गाउँ सिरुवारीमा बुद्ध शालिकको शिलान्यास गर्दै मुख्यमन्त्री पोखरेलले छोटो समयमै सरकारले उपलब्धीमूलक काम गरेको दावी गर्नुभयो।

    चार(चार वर्षसम्म एकलौटी चलाएको सरकार हटेर एकैचोटी प्रादेशिक सरकारले बजेट ल्याएर काम गर्ने क्रममा चुनौती देखिए। तर, पनि नागरिकले मूल्यांकन गर्नेगरी काम गर्नेमा आफू ढुक्क रहेकोमा जोड दिनुभयो। उहाले भन्नुभयो, ‘आफू नेतृत्वको सरकारले पाठेघर क्यान्सर पीडित महिलालाई निशुल्क उपचार, कोभिडबाट मृतक परिवारलाई ५० हजार र मृतकका बालबच्चालाई मासिक पाँच हजार दिने, प्राकृतिक विपत्तीलाई राहत दिने निर्णय गर्यौं।’

    कोरोनाका कारण धरासाही बनेको पर्यटन व्यवसाय चलाएमान बनाउन रोजगारका लागि विदेशिन वाध्य युवालाई स्वदेशमै रोजगार सृजना गर्ने अवसर पहिचान गर्ने बताउनुभयो। गण्डकी प्रदेश पर्यटनको राजधानी भएकाले कयौं अवसरले पछ्याइरहेको उनको भनाइ छ।

    स्वास्थ्यप्रति सरकार संवेदनशील रहेको जनाउँदै आउँदो चैतसम्म गण्डकी प्रदेशका सबै नागरिकलाई पूर्ण खोप उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभया। उहाले थप्नुभयो, बुद्ध शालिक निर्माणका लागि प्रादेशिक सरकारले सहयोग गर्नेछ।

    सांसद क्याप्टेन रुद्रमान गुरुङ्को दुरदृष्ट्रिकोणले देशभर ‘होमस्टेु योजना सञ्चालन भएर कला, संस्कृति र मित्रवत् व्यवहारको आदानप्रदान र देखासिकीले सामाजिक एवं आर्थिक स्तरवृद्धि भएको उहाको भनाइ छ। उहाले सिरुबारी जोड्ने निर्माणाधिन मोटरेबल पुल अलपत्र छाड्ने ठेकेदारलाई कारवाही गर्ने बताउनुभयो। अबको वर्षदिनभित्र सिरुवारी पुग्ने ग्रामिण सडक र अलपत्र पुल निर्माण गर्ने मन्त्री पोखरेलले भन्नुभयो।

    कार्यक्रममा शिक्षा संस्कृति तथा प्रविधिमन्त्री मेखलाल श्रेष्ठ, कानुन सञ्चार तथा प्रदेश मामिलामन्त्री बिन्दुकुमार थापा, बिना विभागियमन्त्री दोबाटे बिक, प्रदेश मुख्य सचिव दामोदर रेग्मी, प्रजिअ राजुप्रसाद पौडेल, होमस्टे सञ्चालिका उर्मिला गुरुङ, बबर सिहँ, गुरुङ, लगायतले सिरुवारीका विकास र प्रवद्र्धनमा सहयोग गर्ने बताउनुभयो।

    झण्डै ३० मिटर लम्बाई र चौडाई भएको र ६० फिट उचाईको बुद्ध शालिक ३ करोडको लागतमा निर्माण गरिने पर्यटन विकास समितिका संयोजक जुमबहादुर गुरुङ्ले जानकारी दिनुभयो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आनन्द आश्रममा तीजगीत प्रतियोगिता

    August 29, 2025

    आनन्दआश्रममा ३० औं श्रृंखलाको साहित्यिक गोष्ठी

    August 4, 2025

    आँधीखोलाका अध्यक्ष बिश्वनाथद्धारा अतिरिक्त सेवा नलिएको जनाउदै सम्पती विवरण सार्वजनिक

    July 19, 2025

    आँधीखोला गाउँपालिकाको बजेट ५२ करोड ४५ लाख ५६ हजार

    June 27, 2025

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025

    स्थापना दिवसमा रोयल सहकारीद्धारा बेदविद्याश्रममा सहयोग

    May 22, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.