स्याङ्जा ९ भदौ । नेपाली काँग्रेस स्याङ्जाले संघिय तथा प्रादेशिक निर्वाचनलाई लक्षित गरेर ‘जनतासँग नेपाली काँग्रेस’ अभियान संचालन गर्ने भएको छ ।
जिल्लाका ११ वटै स्थानिय तह र ९७ वटै वडा र टोल सम्म पुग्ने गरी अभियान संचालन गर्न लागेको नेपाली कांग्रेस स्याङ्जाले जनाएको छ।
भदौ १० देखि सुरु हुने अभियानका बारेमा जानकारी गराउदै जिल्ला सभापति राजु थापाले स्याङ्जाका २ वटा संघ र ४ वटा प्रदेशमा नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउनेगरी सबै जना लाग्ुन पर्ने बताउनुभयो ।
अभियानका लागि नेपाली कांग्रेसका केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठ आज स्याङ्जा आइपुग्नु भएको छ । स्याङ्जा स्थित पार्टी कार्यालयमा उहाले कांग्रेसका जिल्ला, क्षेत्र, महासमिति, माहाधिवेशन प्रतिनिधीबीच छलफल गरेर भोली देखि हुने अभियानका बारेमा जानकारी गराउनुभयो । अभियानमा तल्लो तहका नेता तथा कार्यकर्तासँग अन्तरक्रिया गर्नुका साथै प्रशिक्षणका कार्यक्रम संचालन गरिने छ
कार्यक्रममा निवर्तमान कार्यवाहक सभापति कुमार राना, महासमिति सदस्य गोबिन्दबहादुर रानाभाट , क्षेत्रीय सभापति दिलिपप्रताप खाण, महाधिवेशन प्रतिनिधीहरु युवराज पाण्डे, प्रेमराज पौडेल, जिल्ला सदस्यहरु सोमनाथ लमसाल, नवराज सुवेदी र धरमराज गुरुङ् लगायतले अभियानका बारेमा सुझाव एवं जिज्ञासा राखेका थिए ।
जिल्ला सभापति राजु थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव दामोदर लम्सालले गर्नुभएको थियो ।
Tuesday, October 14
Trending
- ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
- कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
- बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
- फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
- स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
- जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
- अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
- डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित