स्याङ्जा २५ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय उपसभापति तथा स्याङ्जा संघिय निर्वाचन क्षेत्र नम्वर २ का उम्मेदवार धनराज गुरुङ्ले नेपाली जनताको भरीय बन्न चाहेको बताउनुभएको छ ।
नेपाल तरुणदल गल्याङ्ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति तथा संघिय उम्मेदवार गुरुङ्ले जनताको दुखसुखको भरीय बनेर हिड्न चाहेको बताउनुभएको हो । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घरदैलो र चुनावी सभामा व्यस्त रहेका नेपाली काँग्रेसका उपसभापति गुरुङ्ले मुलुक र स्याङ्जालाई उज्यालो बनाउने आफ्नो लक्ष्य रहेको बताउनुभयो । जनताको अवस्था बदल्न र उज्यालो मुलुक बनाउन भष्ट्र प्रवृत्तिको अन्त्य गर्नुपर्ने धारणा गुरुङ्को छ ।
भष्ट्रचार अन्त्य नगरेसम्म मुलुक बनाउन सकिदैन उपसभापति गुरुङ्ले भने,‘भष्ट्रचारीको मुलजरो उखेल्न मंसिर ४ मा हुने निर्वाचनमा नेपाली काँग्रेसले जित्नु आवश्यक छ ।’ भष्ट्रहरुलाई ठेगान लगाउन स्याङ्जाबासीले साथ दिनुपर्छ उहाले भन्नुभयो । आन्दोलन मात्रै क्रान्ति नभएको उल्लेख गर्दै उपसभापति गुरुङ्ले मंसिर ४ गते मतदानबाट क्रान्तिको शुरुआत गर्न उनले सबै मतदातासगँ आग्रह गर्नुभयो ।
तरुणहरु पनि यो मुलुक हाक्न सक्छन् भन्ने उदाहरण देखाउने बेला आएको छ उपसभापति गुरुङ्ले भने,‘तरुण युवाहरु यो मुलुकको तागत हो, यसको सदुपयोग हुनुपर्छ ।’ त्यसैले सबै तरुण युवाहरु भष्ट्र प्रवृतिको अन्त्य गर्न र जनताको अवस्था बदल्न मंसिर ४ गतेका दिनलाई सदुपयोग गर्नुपर्छ उहाले भन्नुभयो ।
स्याङ्जामा अहिले सम्म गौरवका आयोजना नहुँदा जिल्लाको विकास ओझेलमा परेको भन्दै नेपाली काँग्रेसबाट संघिय निर्वाचन क्षेत्र नम्वर २ का उम्मेदवार समेत रहेका उपसभापति गुरुङ्ले गर्नसकिने र हुनसक्ने विकासलाई अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयोे । सिद्धार्थ राजमार्गको स्तरोन्नती, एतिहासिक आँधीखोलालाई पर्यटकीय सम्भावनाको खोजी, कालीगण्डकी देखी जिल्लाको धार्मिक, सांस्कृतिक र संस्कृतिको संरक्षण गर्दै समग्र स्याङ्जालाई विकासोन्मुख बनाउन सधै लागिरहने धारणा उपसभापति गुरुङ्को छ ।
सधै जनताको घरदैलोमा पुग्ने र जनताको भरिया बन्न आफु उम्मेदवार बनेर आएको विश्वास दिलाउनुभयो । विकास सम्भव छ, गर्न सकिने रहेछ भन्ने सन्देश दिन चाहान्छु उपसभापति गुरुङ्ले भने,‘देश र जनताको सेवा गर्न राजनीतिमा लागेको र यसमा साथ स्याङ्जावासी जनताको हुनुपर्छ ।’ बोलेर, ढाटेर भन्दा पनि गरेर स्याङ्जालाई उज्यालो बनाउने छु उहाले भन्नुभयो । निर्वाचनको मिति नजिकिदै जादा चुनावको उत्साह अहिले स्याङ्जामा बढ्दै जानथालेको छ । २ संघिय क्षेत्र र ४ प्रदेश रहेको स्याङ्जामा झण्डै ५० जना उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगेका छन् ।