Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, May 9
    Trending
    • चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न
    • चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा
    • वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम
    • पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई
    • आगलागीबाट पुतलीबजारमा एक घर र वालिङमा एक उद्योग जलेर पूर्णक्षति
    • स्वतन्त्रता दिवसमा स्याङ्जामा पत्रकारको स्वास्थ्य परिक्षण
    • आफैंले पालेको गोरु काटेको आरोपमा गुरुङ् पक्राउ
    • अन्तराष्ट्रिय श्रमिक दिवसमा विपन्न परिवारलाई खाद्यान्न सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » चीनमा भेटियो “ड्रागन म्यान”को जीवाश्मा
    अन्तर्राष्ट्रिय

    चीनमा भेटियो “ड्रागन म्यान”को जीवाश्मा

    Syangja SandeshBy Syangja SandeshJune 26, 2021Updated:July 15, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    वासिङटन १२ असार । उत्तरपूर्वी चीनमा भेटिएका हड्डीमा गरिएको खोज अनुसार भेटिएको नयाँ मानव प्रजाति नै मान्छेको सबैभन्दा नजिकका पुर्खा भएको वैज्ञानिकहरुले घोषणा गरेका छन् ।

    “ड्रागन म्यान” समेत भनेर चिनिने होमो लोंगी प्रजाति मान्छेको नजिकको पुर्खा भएको वैज्ञानिकहरुले बताएका छन् । १९३० को दशकमा हेइलोङजियाङ प्रान्तको सहरमा ‘हर्बिन क्रेनियम’ भेटिएका थिए । तर जापानी सेनाबाट जोगाउन त्यसलाई ८५ वर्षसम्म इनारमा राखियो ।

    पछि २०१८ मा त्यसलाई उत्खनन गरी हेबेइ युनिभर्सिटीका प्राध्यापक जी कियाङलाई हस्तान्तरण गरिएको हो। “हाम्रो विश्लेषण अनुसार हर्बिन समूह अरु भन्दा ज्यादै नजिकबाट मानव जातिसँग सम्बन्धित छ । निएन्डरथल्स भन्दा पनि हर्बिन हाम्रा नजिकका पुर्खा हुन्,” लण्डनस्थित नेचुरल हिस्ट्री म्युजियमका अनुसन्धाता क्रिस स्ट्रिंगरले बताउनुभयो ।

    स्ट्रिंगरले पछिल्लो ५० वर्षको अवधिमा हर्बिन हड्डी जत्तिको महत्वपूर्ण जीवाश्मा कहिल्यै नदेखेको प्रतिक्रिया दिएका छन् । “हर्बिन हड्डी पछील्लो ५० वर्षको अवधिमा मैले देखेको सबैभन्दा महत्वपूर्ण जीवाश्मा हो । यसले के देखाउँछ भने पूर्वी एसिया र चीनले मानव कथा सुनाउन कति महत्वपूर्ण छ त ।”

    यो नयाँ खोजबारे विस्तृतमा लेखिएका तीनवटा निश्कर्ष सामग्री शुक्रबार द इनोभेशन जर्नलमा प्रकाशित भएका छन् । अनुसन्धान अनुसार होमिनी होमो लोंगी हेइलोङजियाङ क्षेत्र वा ब्ल्याक ड्रागन रिभरबाट आएका थिए ।

    उक्त अनुसन्धान अनुसार ती हड्डी कम्तिमा १ लाख ४६ हजार वर्षअघिका हुन् । तिनको नाम ड्रागन म्यान राखिनुको कारण ड्रागन नदीको नाम भएको बताइन्छ ।

    अनुसन्धाता स्ट्रिंगरले भनेका छन्, “यसले पूर्वी एसियामा आफ्नै विकासवादी इतिहाससँगै तेस्रो मानव वंशलाई स्थापित गर्छ । र मानव विकासका लागि यस क्षेत्र कति महत्वपूर्ण थियो भनेर पनि देखाउँछ ।”

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    विश्वशान्तिका लागि जयपुर—काठमाण्डौं रथयात्रा

    December 14, 2024

    रुस युक्रेन युद्ध तत्काल बन्दको गरियोस् भन्र्दैै स्याङ्जामा शान्ति रयाली

    February 25, 2023

    पोखरा अन्र्तराष्ट्रिय विमानस्थल बनाउने पोखरेली चाहना ५० बर्षमा पूरा

    January 1, 2023

    पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि अर्जेन्टिनालाई

    December 19, 2022

    नेपालको अर्थतन्त्र ५ दशमलव १ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

    October 7, 2022

    दिवंगत महारानी एलिजावेथको अन्त्येष्टि गरिंदै

    September 19, 2022
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न

    May 8, 2025

    चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा

    May 8, 2025

    वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम

    May 8, 2025

    पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई

    May 8, 2025

    आगलागीबाट पुतलीबजारमा एक घर र वालिङमा एक उद्योग जलेर पूर्णक्षति

    May 4, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न

    May 8, 2025

    चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा

    May 8, 2025

    वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम

    May 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.