एजेन्सी ९ असार । चीनले कोभिड–१९ विरुद्धको खोप निर्माण गर्ने चार वटा कम्पनीका खोपलाई विदेश निर्यातका लागि खुला गरिदिएको छ । यी खोपहरुलाई चीनभित्र शर्त सहित बजारमा बिक्री गर्न अनुमति प्राप्त भइसकेको छ । चीनले विदेशमा खोप बिक्री गर्न अनुमति दिइएका कम्पनीहरुमा बेइजिङ इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स, सिनोभाक लाइफ साइन्सेज कम्पनी, क्यानसिनो बायोलजिक्स कम्पनी र वुहान इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स कम्पनी रहेका छन् । चीनको वाणिज्य मन्त्रालयका अनुसार बेइजिङ इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स र सिनोभ्याकका दुई किसिमका खोपहरुले विश्व स्वास्थ्य संगठनबाट यसअघि नै आपतकालीन प्रयोगका लागि अनुमति प्राप्त गरिसकेका छन् ।
Friday, May 9
Trending
- चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न
- चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा
- वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम
- पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई
- आगलागीबाट पुतलीबजारमा एक घर र वालिङमा एक उद्योग जलेर पूर्णक्षति
- स्वतन्त्रता दिवसमा स्याङ्जामा पत्रकारको स्वास्थ्य परिक्षण
- आफैंले पालेको गोरु काटेको आरोपमा गुरुङ् पक्राउ
- अन्तराष्ट्रिय श्रमिक दिवसमा विपन्न परिवारलाई खाद्यान्न सहयोग