स्याङ्जा, २९ फागुन । नेपाली काँग्रेस स्याङ्जाले स्थानीय तहको चुनाव लक्षित गर्दै घर घर जाऔं, कांग्रेस जिताऔं अभियान आइतवारदेखि सुरु गरेको छ ।
नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित औपचारिक कार्यक्रम मार्फत घर घर जाऔं, कांग्रेस जितार्औ भन्ने एक महिने अभियानको सुरु गरेकोे हो ।
अभियानको शुभारम्भ गर्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ्ले कांग्रेसका नेता तथा कार्यकर्ता सबै चुनावी अभियानमा लागेर स्याङ्जाका सबै पालिकामा नेपाली कांग्रेसलाई बिजयी गराउन आग्रह गर्नुभयोे ।
नेपाली कांग्रेसले मात्र मुलुक र जिल्लाको बिकास गर्ने हुदाँ विकास र समृद्धीका लागि कांग्रेसले जित्नु पर्ने आवश्यकता रहेको उहाले दोहो¥याउनुभयो ।
कार्यक्रममा नेपाली कांगा्रेसका पूर्व केन्द्रिय सदस्य एवं युवा नेता प्रदीप पौडेलले बिगतका तिक्तता विर्सेर विजेता एवं उपविजेता मिलेर चुनावी अभियानमा जुट्न सुझाव दिनुभयो ।
एक महिने अभियानका लागि नेपाली कांग्रेस केन्द्रिय कार्यालयबाट खटिई आएका पौडेलले निर्वाचनमा जानु भनेको युद्धमा जानु सरह रहेको बताए । आन्तरिक प्रतिस्पर्धा मिलाउदै सकारात्मक सन्देश लिएर जिल्लाभर अभियानमा पुग्न उहाको सुझाव छ ।
उहाले भन्नुभयो, ‘युद्धका लागि हतियार आवश्यक परे झैं हाम्रा हतियार भनेको पार्टीका निती र धारणा स्पष्ट पार्नु हो । ब्यक्ति ब्यक्ति समक्ष पुगेर समसामयिक बिषयबस्तु र पार्टीका निति तथा लक्ष्यका बारेमा जानकारी गराउनु हो ।’
कार्यक्रममा पूर्व सांसद एवं पूर्व सभापति द्धय खगेन्द्रराज रेग्मी र शंकरप्रसाद पाण्डे, गण्डकी प्रदेश उपसभपाति कल्पना तिवारी र प्रदेश सदस्य अजित क्षेत्री, कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार), महासमिति सदस्य तुलसी गिरी, महाधिवेशन प्रतिनिधि शिवकुमार गिरी र बिष्णु पौडेल, युवा नेता युवराज पाण्डे, प्रदेश सभापति प्रकाश तिवारी, गल्याङ् नगर सभापति श्यामप्रसाद बस्याल, आँधीखोला गाउपालिका अध्यक्ष नरेन्द्रराज पौडेल, कांग्रेस प्रवक्ता भरत लम्साल लगायतले अभियानलाई साथ र सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
नेपाली कांग्रेस सभपाति राजु थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति शेरबहादुर रानाले स्वागत एवं सचिव गुरुप्रसाद भट्टराईले संचालन गरेका थिए ।
अभियान आइतवार फागुन २९ गतेदेखि चैत २९ गतेसम्म चल्नेछ । जिल्लाका ९७ वटा, ११ पालिका, ४ प्रदेशसभा र २ संघीय निर्वाचन क्षेत्रका कार्यकर्तासम्म पुगेर नेपाली कांग्रेसका अभियान र योजनाका बारेमा जानकारी गराउने मुख्य उदेश्य हो ।
सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसंगै काँग्रेसले एक महिने चुनावी अभियानका कार्यक्रम सुरु गरेको हो।
Friday, January 31
Trending
- लागु औषध सहित १९ बर्षिय सेन्चुरी पक्राउ
- पुतलीबजारका एक हजार ७२० लाई एचपिभी खोप लगाइदै
- पुतलीबजारले एक सय २० वटा हाते टयाक्टर बितरण
- गल्याङमा मगर भाषा अर्थात अक्खा लिपि प्रशिक्षण
- पञ्चकन्या मन्दिर स्थित नवग्रह मन्दिर ब्यवस्थापन समिति अध्यक्षमा भरत
- सुरक्षा परिषद प्रताव नं. १३२५ र १८२० का बारे स्याङ्जामा अन्तर्रक्रिया
- पूर्व शिक्षामन्त्री मेखलाल श्रेष्ठद्धारा बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
- भूमि समस्या समाधान आयोग स्याङ्जाका अध्यक्ष तारा शर्माद्धारा पद बहाली