स्याङ्जा ९ असोज । गोरु मारेर फरार एक व्यक्तिलाई प्रहरीले पोखरामा पक्राउ गरेको छ । आरोपित १३ महिना ५ दिनको कैद सजाए सुनाउपछि फरार थिए ।
स्याङ्जा जिल्ला अदालतको २०७८ अशोज गतेको फैसलाले गोरू मारेको मुद्धामा १ बर्ष १ महिना ५ दिन कैद तोकिई फरार अर्जुनचौपारी गाउँपालिका वडा नं. ०४ का ३१ को खेम परियार भन्ने ख्यामबहादुर दमैलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले पोखरामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी जिल्ला अदालत समक्ष पेश गरिएकोमा कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाईएको प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक रविन्दप्रसाद खनालले जानकारी दिनुभयो ।