स्याङ्जा ८ भदौ । निर्वाचन कार्यालय स्याङ्जाले मतदाता नामावलीलाई बैद्यानिकता दिने उदेश्यले दावी बिरोध गर्न सुचित गरेको छ।
मंसिर ४ गते हुने संघीय तथा प्रादेशिक निर्वाचनका लागि जिल्लाभरका अन्तिम मतदाता नामावली तयार पार्नका लागि जिल्ला निर्वाचन कार्यालयले एक साताका लागि दावी बिरोध गर्न सकिने ब्यवस्था गरेको हो।
निर्वाचन कार्यालयद्धारा बुधवार स्याङ्जा सदरमुकाममा आयोजित सरोकारवालीबीचको अन्र्तक्रिया कार्यक्रममा बोल्दै निर्वाचन अधिकारी गुरुप्रसाद मरासीनीले यही भदौ १२ गतेदेखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्न सकिने बताउनुभयो ।
उहाका अनुसार, ‘झुटा बिवरण भएका, एक भन्दा वढी स्थानमा नामावली भएका, मृत्यु भैसकेका ब्यक्ति लगायत त्रुटी सच्चाउने र एउटै वडाभित्रका अपायक स्थानमा मतदान केन्द्र भएमा पायक पर्ने स्थानमा सार्न सकिनेगरी दावी बिरोध गर्न सकिनेछ।’
यसैगरी, नागरिकता त्याग गरेका र उजुरी परेका मतदातालाई प्रमाण सहित सफाईको मौका समेत मिल्ने उनले जानकारी गराएउनुभयो ।
दावी बिरोधका लागि जिल्ला निर्वाचन कार्यालयमा जानकारी÷उजुरी गर्न र सबै पालिकामा मतदाता नामावली अद्यावधिक गर्न सकिने ब्यवस्था मिलाइएको निर्वाचन कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार स्याङ्जामा २ लाख ४८ हजार ३३३ मतदाता छन। ती मध्ये पुरुषको संख्या १ लाख २० हजार ९४१ र महिलाको संख्या १ लाख २७ हजार ३९१ छ।
स्थानीय तह निर्वाचनपछि पुरुषतर्फ ४ हजार २७५ र महिलातर्फ ३ हजार ५२३ गरी ७ हजार ७ सय ९८ जना मतदाता थप भएका छन्। मतदाता नामावलीमा फोटो खिचाएका र मंसीर ३ गतेसम्म १८ बर्ष पुगेका नागरिकले मतदान गर्न पाउनेछन्।
प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जिल्लाको अवस्थाका र समस्याका बारेमा सुझाव दिदै वडा तहदेखि जिल्लासम्म वास्तविक पंजिकाको ब्यवस्था मिलाउन सुझाव दिनुभयो।
कार्यक्रममा नेपाली कांग्रेसका सदस्य सोमनाथ लम्साल, नेकपा एमालेका अमृत श्रेष्ठ, राप्रपाका सचिव श्यामकृष्ण श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्र गैह्रे, नेकपा एसका शंकरध्वज कार्की, जय मंगोल अर्गानाइजेशनका सचिव विकास गुरुङ् लगायतले जिज्ञासा एवं सुझाव दिनुभएको थियो ।
अन्र्तक्रियामा जिल्ला स्थित राजनीतिक दलहरु, स्थानीय पालिका प्रमुख, उद्योग वाणिज्य संघ, च्याम्बर अफ कमर्श, सुरक्षा प्रमुखहरु, कार्यालय प्रमुखहरु लगायतको सहभागीता थियो।
Thursday, December 4
Trending
- स्याङ्जामा बिबिध कार्यक्रम सहित ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइयो
- ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु
- मासुमा आत्मनिर्भर बनाउन पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला र दाना बितरण
- दरौखोला तथा गडयौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
- राष्ट्रपतिकप बिरुवाको उपाधी भुरुङचौकी माविलाई
- ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’
- भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
- पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
