स्याङ्जा २२ कात्तिक । गैर सरकारी संस्था महासंघ स्याङ्जा शाखाको १८ औं साधारणसभा सम्पन्न भएको छ ।
पुतलीबजार नगरपालिका १ स्थित प्रगतीनगरमा आयोजित साधारणसभाको उदघाटन गर्दे पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले समग्र नगरपालिकाको विकासका लागि सरकारी निकाय र गैर सरकारी निकायबीचको समन्वय आवश्यक रहेको बताउनुभयो । उहाले गैरसरकारी संस्था र सरकारी संस्थाबीच समन्वय गरेर अघि बढ्न आफु तयार रहेको बताउदै सहकार्य गर्दे अघि बढ्ने भन्नुभयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ गण्डकी प्रदेश अध्यक्ष गोपाल खड्का, प्रदेश उपाध्यक्ष पदमराज पहारी, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, रेडियो स्याङ्जा एवं टेलिभिजनका अध्यक्ष धु्रववन्धु पौडेल लगायतले गैरसरकारी संस्थाले बिगतदेखि नै धेरै राम्रा काम गरेको जनाउदै राज्य यसप्रति सकारात्मक बन्नु पर्नेमा जोड दिनुभयो ।
गैरसरकारी संस्था महासंघ स्याङ्जा शाखा अध्यक्ष गोविन्दप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मिनबहादुर थापाले स्वागत एवं सचिव एकनारायण सापकोटाले संचालन गर्नुभएको थियो ।